दलसिंह गिरी | मंसिर - ५, कालिकोट | आफुले भारी बोक्नु रहर नभै बाध्यता भएको स्यूना ६ का १४ बर्षिया बसन्त सार्की बताउछन् । र्याप थ्रि कार्यक्रम अन्तर्गत रास्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | मंसिर - ५, कालिकोट | आफुले भारी बोक्नु रहर नभै बाध्यता भएको स्यूना ६ का १४ बर्षिया बसन्त सार्की बताउछन् । र्याप थ्रि कार्यक्रम अन्तर्गत रास्क"/>

2026-09-16 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सन्दर्भ बालअधिकारको: ‘भारी बोक्नु रहर हैन बाध्यता हो’


दलसिंह गिरी | मंसिर – ५, कालिकोट | आफुले भारी बोक्नु रहर नभै बाध्यता भएको स्यूना ६ का १४ बर्षिया बसन्त सार्की बताउछन् । र्याप थ्रि कार्यक्रम अन्तर्गत रास्कोट क्षेत्रमा निर्माण भैरहेको ग्रामिण रोडका लागि आवश्यक पर्ने ग्याविन जाली लिन विहान ५ बजे नै घरबाट ३ घण्टा लगाएर जिल्ला सदरमुकाम मान्म आएका सार्कीले आफ्नो पढाई तथा घर खर्च चलाउनको लागि जाली लिन आएको भन्दै यस्तो कुरा बताएका हुन् ।

विद्यालयको नामै बताउन नचाहने कक्षा ६ मा अध्ययनरत सार्कीले आफु पढ्ने स्कुल आज विदा भएकाले जाली लिन आएको बताएका छन् । विद्यालय किन विदा भएको होला भन्ने प्रश्नमा उनी भन्छन् खै किन विदा भएको आफुलाई केही थाहा छैन सरले आइतवार पढाई हुदैन भन्नु भयो अनी समयको पनि सदुपयोग हुने पैसा पनि कमाइने भनेर आज विहानै जाली लिन आएको हु । यता जिल्ला सदरमुकाम मान्ममा र्याली सहित नारा लगाएर तिमि जस्तै धेरै बालबालिका लाईनमा रमाई रहेका छन् यो के हुदैछ केही जानकारी छ भन्ने प्रश्नमा उनी भन्छन् बालअधिकार दिवस मनाउ मनाउ भन्छन् खै मलाई थाहा भएन ।

विभिन्न दातृ निकाय तथा संघसस्थाहरुले बालबालिकाहरुको सवालमा जिल्लाभर विभिन्न जनचेतनात्मक कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् । तर ग्रामिण भेगका कतिपय बालबालिकाहरुले आफ्नो आवश्यकता, अधिकार र पहिचानको बारे कुनैपनि जानकारी लिन पाएका छैनन् ।

उसो त विद्यालयले नै बालबालिकाको सवाल र अधिकार बारे बालबालिकाहरुलाई सूसुचित गराउने र बाल अधिकार दिवश हाजिरी जवाफ, बक्तित्वकला बिबिध खेलकुद जस्ता जनचेतनात्मक कार्यक्रम गरी मनाउनु पर्ने हो तर बालबालिकाहरुलाई यसको कुनै जानकारी नै नदिई शिक्षकले विद्यालय विदा गराउनु ले शिक्षा क्षेत्रमा शिक्षकको भूमिका माथी नै प्रश्न उठेको नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्ल बताउनु हुन्छ ।

विद्यालयहरु बन्द तथा विदा नभई विद्यालयमा शिक्षक कम उपस्थितिका कारण पढाई नभएको हुन सक्छ तर विद्यालय बन्द भएको नहुन सक्ने पत्रकार महासंघ शाखा कालिकोटका सचिव रत्न कार्कीले बताउनु भएको छ । स्यूनामै स्थायी घर भएका कार्कीले त्यहाका दलित केटाहरुको अवस्थाबारे बताउदै पैसा कमाउने लोभमा विद्यालय नगै जाली बोक्न जिल्ला आउने गरेको बताउनु हुन्छ । 

विश्वभर २७ औ अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको बेला कालिकोटका केही ग्रामिण भेगका बालबालिकाहरुले बालअधिकार वारे जानकारी नपाउनु बाल अधिकार संम्बन्धि काम गर्ने निकायहरुको रकम बालुवामा पानी झै भएको जानकारहरु बताउछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल