दलसिंह गिरी | मंसिर - ५, कालिकोट | आफुले भारी बोक्नु रहर नभै बाध्यता भएको स्यूना ६ का १४ बर्षिया बसन्त सार्की बताउछन् । र्याप थ्रि कार्यक्रम अन्तर्गत रास्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | मंसिर - ५, कालिकोट | आफुले भारी बोक्नु रहर नभै बाध्यता भएको स्यूना ६ का १४ बर्षिया बसन्त सार्की बताउछन् । र्याप थ्रि कार्यक्रम अन्तर्गत रास्क"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सन्दर्भ बालअधिकारको: ‘भारी बोक्नु रहर हैन बाध्यता हो’

५ मंसिर २०७३, आईतवार १५:०७


दलसिंह गिरी | मंसिर – ५, कालिकोट | आफुले भारी बोक्नु रहर नभै बाध्यता भएको स्यूना ६ का १४ बर्षिया बसन्त सार्की बताउछन् । र्याप थ्रि कार्यक्रम अन्तर्गत रास्कोट क्षेत्रमा निर्माण भैरहेको ग्रामिण रोडका लागि आवश्यक पर्ने ग्याविन जाली लिन विहान ५ बजे नै घरबाट ३ घण्टा लगाएर जिल्ला सदरमुकाम मान्म आएका सार्कीले आफ्नो पढाई तथा घर खर्च चलाउनको लागि जाली लिन आएको भन्दै यस्तो कुरा बताएका हुन् ।

विद्यालयको नामै बताउन नचाहने कक्षा ६ मा अध्ययनरत सार्कीले आफु पढ्ने स्कुल आज विदा भएकाले जाली लिन आएको बताएका छन् । विद्यालय किन विदा भएको होला भन्ने प्रश्नमा उनी भन्छन् खै किन विदा भएको आफुलाई केही थाहा छैन सरले आइतवार पढाई हुदैन भन्नु भयो अनी समयको पनि सदुपयोग हुने पैसा पनि कमाइने भनेर आज विहानै जाली लिन आएको हु । यता जिल्ला सदरमुकाम मान्ममा र्याली सहित नारा लगाएर तिमि जस्तै धेरै बालबालिका लाईनमा रमाई रहेका छन् यो के हुदैछ केही जानकारी छ भन्ने प्रश्नमा उनी भन्छन् बालअधिकार दिवस मनाउ मनाउ भन्छन् खै मलाई थाहा भएन ।

विभिन्न दातृ निकाय तथा संघसस्थाहरुले बालबालिकाहरुको सवालमा जिल्लाभर विभिन्न जनचेतनात्मक कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् । तर ग्रामिण भेगका कतिपय बालबालिकाहरुले आफ्नो आवश्यकता, अधिकार र पहिचानको बारे कुनैपनि जानकारी लिन पाएका छैनन् ।

उसो त विद्यालयले नै बालबालिकाको सवाल र अधिकार बारे बालबालिकाहरुलाई सूसुचित गराउने र बाल अधिकार दिवश हाजिरी जवाफ, बक्तित्वकला बिबिध खेलकुद जस्ता जनचेतनात्मक कार्यक्रम गरी मनाउनु पर्ने हो तर बालबालिकाहरुलाई यसको कुनै जानकारी नै नदिई शिक्षकले विद्यालय विदा गराउनु ले शिक्षा क्षेत्रमा शिक्षकको भूमिका माथी नै प्रश्न उठेको नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्ल बताउनु हुन्छ ।

विद्यालयहरु बन्द तथा विदा नभई विद्यालयमा शिक्षक कम उपस्थितिका कारण पढाई नभएको हुन सक्छ तर विद्यालय बन्द भएको नहुन सक्ने पत्रकार महासंघ शाखा कालिकोटका सचिव रत्न कार्कीले बताउनु भएको छ । स्यूनामै स्थायी घर भएका कार्कीले त्यहाका दलित केटाहरुको अवस्थाबारे बताउदै पैसा कमाउने लोभमा विद्यालय नगै जाली बोक्न जिल्ला आउने गरेको बताउनु हुन्छ । 

विश्वभर २७ औ अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको बेला कालिकोटका केही ग्रामिण भेगका बालबालिकाहरुले बालअधिकार वारे जानकारी नपाउनु बाल अधिकार संम्बन्धि काम गर्ने निकायहरुको रकम बालुवामा पानी झै भएको जानकारहरु बताउछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य