2026-09-16 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पशुसेवा कार्यालय द्धारा मासु ब्यवशायीको मासु जफत

दलसिंह गिरी/मङ्सिर ६, कालिकोट । अब्यवस्थीत तरिकाले खुला ठाउमा मासु विक्री वितरण गरेको भन्दै जिल्ला पशुसेवा कार्यालय द्धारा एक जना ब्यापारीको मासु जफत गरी विशर्जन गरिएको छ । 

जिल्ला सदरमुकाम मान्मको जिरोप्वाईन्ट बजारमा दैलेख जिल्ला पिपलकोट गाविस वडा नं. ५ बस्ने नरेश राईले खुला तथा अब्यवस्थीत तरिकाले बंगुर काटीमासु विक्रि वितरण गरेको भन्दै ३२ केजी मासु कब्जा गरी विशर्जन गरिएको हो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरको नेतृत्वमा गएको गस्ती टोलीले बंगुरको मासु जफत गरी जिल्ला प्रशासन कार्यालय, प्रहरी र पत्रकारको रोहोवरमा जिल्ला प्रशासन नजिकै जमिनमा गाडेर विसर्जन गरिएको छ । गस्ती टोलीले मासु जफत गर्नुका साथै बंगुर काट्न प्रयोग गरिएका १ बन्चरो, २ खुकुरी र ढक तराजु समेत कब्जा गरको छ ।

उता बंगुरको मासु विक्रेता तथा बंगुर पालक नरेश राईले आफुलाई खुला ठाउमा मासु विक्री वितरण गर्न मिल्दैन भन्ने बारे कुनै जानकारी नभएको र कालिकोटमा पहिलो चोटी आएकाले यहाको अवस्थाबारे जानकारी नभई खुला ठाउमा मासु विक्री गरेको बताउनु भएको छ । 

दैलेखको खिड्की जिउला क्षेत्रमा बंगुरपालन ब्यवशाय ब्यापक बढी मासु ग्राहक प्रयाप्त नभएका कारण कालिकोट ल्याएर विक्रि गर्न खोजेको तर जिल्ला पशुसेवाकार्यालयले मासु विक्रीवितरणको प्रक्रियाबारे कुनै पनि जानकारी नदिई मासु जफत गरेको भन्दै राईले दुखेसो पोख्नु भएको छ ।

यता जिल्ला पशुसेवा कार्यालयका प्रमुख ठाकुरले खुला मासु विक्री वितरण गर्न नहुने भन्दै जिल्लामा रहेका सम्पूर्ण मासु ब्यवशायीहरुलाई जानकारी गराईएको र विभिन्न संचार माध्यमबाट सन्देशमुलक सुचना पनि पटक पटक प्रशारण गरिरहेकाले जानकारीको अबज्ञा गर्दै खुला ठाउमा मासु विक्री वितरण गर्नेहरुको मासु जफत गरिएको बताउनु भएको छ । खुलाठाउमा मासु विक्री वितरण गरिएको भन्दै मासु जफत गरी विषर्जन गरेको यो जिल्लामै पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल