पढ्न करिब 1 मिनेट लाग्छ

माधव वेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको दुई ठाउमा आगलागी हुदा ६ लाख बराबरको नोक्सानी भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको एक टायर रिशोलिङ सेन्टरमा आगलागी हुदा गोदाममा रहेका दुई सय ५० सयौँ टायर जलेर २ लाख ५० हजार वरावरको क्षेति भएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई ले जानकारि दिनु भयो । ।

राजु शाहका घरमा रिशोलीङ सेन्टर खोलेको अली हुसेनको टायर गोदमा लागेको आगोले पुरै टायर जलेका छन ।आगो स्थानिय,प्रहरि,दमकलको सहयोगमा नियन्त्रण भएको थियो ।

त्यस्तै शिवराज नगरपालिका समिती चोकमा लागेको आगोमा दुई घर जालेर नष्ट भएका छन ।

करिव ३ लाख पचास हजार को क्षेति भएको प्रहरि निरिक्षक झविन्द्र भट्टराई ले जानकारि दिनु भयो । विद्युतीय तार सर्ट भएर आगा लगेको हो । समिती चोक नजिकै रहेको लीला लामीछाने र दुर्गा गौतमको घर पुर्ण रपमा जलेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानएको छ ।