दलसिंह गिरी/मंसिर ११, कालिकोट । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मंसिर ११, कालिकोट । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वा"/>

2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शैक्षिक गुणस्तर सुधारका लागि लालुमा शैक्षिक मेला


दलसिंह गिरी/मंसिर ११, कालिकोट । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बुद्धि गर्नका लागि लालु गाविस मा इतिहास मै पहिलो पटक शैक्षिक पर्दशनी मेला सम्पन्न भएको छ । गाउँ शिक्षा समितिको आयोजनामा संचालित मेलामा स्थानिय शैक्षिक सामाग्री को प्रयोग गरी निर्माण गरिएका शैक्षिक सामाग्री पर्दशन गरी मेला सम्पन्न भएको हो । 

गाउँ शिक्षा समिति लालुका सदस्य श्रीमति बेला बोहोराको अध्यक्षता तथा जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर शाही को प्रमुख अतिथ्यतामा संचालन भएको मेलामा लालु गाविसमा रहेका ११ वटा विद्यालय र माल्कोट गाविसका २ गरि जम्मा १३ वटा विद्यालयले भाग लिएका छन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय तथा किर्डाक नेपाल कालिकोट द्धारा सञ्चालित सहयात्रा परियोजनाको प्रत्यक्ष संलग्नतामा आयोजित मेलामा मेलामा स्थानिय स्तरमा पाईने तथा मूल्य नपर्ने सामाग्री बाट निर्मित शैक्षिक सामाग्रीको पर्दशनी गरिएको छ । 

लालु गाविसको जनप्रभात माविको प्राङगढमा आयोजित मेलामा १३ वटा स्टल तयार पारी प्रदर्शन गरिएको शैक्षिक मेलामा सहभागित १३ वटै विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले भरपूर अवलोकन गरेका छन् । पर्दशनी मेला कार्यक्रममा जनप्रभात माविका शिक्षक निर्मल कुमार विष्टको संयोजकत्वमा ५ सदस्यीय मुल्याङ्कन टोली समेत गठन गरी सहभागी सबै विद्यालयहरुले पर्दशन गरेको शैक्षिक सामाग्रीको मुल्यांकन गरिएकोछ । मुल्यांकन टोलीले गरेको मुल्यांकन अनुसार शान्ती मावि माल्कोट प्रथम, जनउत्थान आधारभूत विद्यालय चिनाडी लालु दोश्रो, रुपादेवी आधारभूत विद्यालय तेश्रो र  जनप्रभात मावि शान्तोना घोषणा गरिएको छ । 

शैक्षिक सामाग्री पर्दशनी मेलाको बारे आफ्नो धारणा राख्दै जनप्रभात माविका प्रधानाध्यपक श्री मान ब. शाहीले “यो मेलाबाट हामीमा शैक्षिक सामाग्री निर्माण, प्रयोग सम्बन्धि थप जागृत गरेको र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त भएको  बताउनु भएको छ । 

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको साझेदारीमा संचालित सहयात्रा परियोजनाले १२ वटा गाविसहरुका १०८ विद्यालय र ९० वटा प्रारम्भिक बाल विकास केन्द्रलाई लक्षित गरि कार्यक्रम संचालन गरिरहेको छ । 

सहयात्रा परियोजनाले विषेश गरि नेपाल सरकारको कार्यान्यन उन्मूख कार्यक्रम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपि) र प्रारम्भिक तह पठन विकासलाई विषेश टेवा दिदै विद्यालयमा सिकाई वातावरणको निर्माण द्धारा विद्यार्थीहरुको सिकाई उपलब्धिमा सुधार गदै दलित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको क्षेमता विकास गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय