दलसिंह गिरी | मंसिर २०, कालिकोट | जतिबेला जनक्रान्तिको नाममा प्रतिक्रान्ति गर्न लडाईका हतियार देखाइने कालिकोटका ग्रामिण भेगमा अहिले शैक्षिक क्रान्तिका लागि शैक्षिक हतियार देखाइने कार्याक्रम एक पर्ब जस्तै बनेको छ । ग्रामिण समुदायमा रहेका कालकालिकाहरुको सिकाई उप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २०, कालिकोट | जतिबेला जनक्रान्तिको नाममा प्रतिक्रान्ति गर्न लडाईका हतियार देखाइने कालिकोटका ग्रामिण भेगमा अहिले शैक्षिक क्रान्तिका लागि शैक्षिक हतियार देखाइने कार्याक्रम एक पर्ब जस्तै बनेको छ । ग्रामिण समुदायमा रहेका कालकालिकाहरुको सिकाई उप"/>
2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शैक्षिक क्रान्तिका लागि चिलखायामा शैक्षिक हतियार पर्दशनी

दलसिंह गिरी | मंसिर २०, कालिकोट | जतिबेला जनक्रान्तिको नाममा प्रतिक्रान्ति गर्न लडाईका हतियार देखाइने कालिकोटका ग्रामिण भेगमा अहिले शैक्षिक क्रान्तिका लागि शैक्षिक हतियार देखाइने कार्याक्रम एक पर्ब जस्तै बनेको छ । ग्रामिण समुदायमा रहेका कालकालिकाहरुको सिकाई उपलब्धिका लागि शैद्धान्तिक तथा ब्याख्यान विधि भन्दा पनि ब्यहारिक तथा प्रयोगात्कम विधि अपनाउनका लागि शैक्षिक हतियार पर्दशनी एक पर्ब जस्तै बनेको हो ।

शैक्षिक हिसावले पछि परेको कालिकोटका ग्रामिण भेगमा बालबालिकाको पढाई सिकाई सुधारका लागि अहिले शिक्षा कार्यालय तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न दातृनिकायहरुले जिल्लामा विभिन्न रणनैतिक अभियान थलेका छन् । यसै क्रममा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय, किर्डाक नेपाल कालिकोटको सहजिकरण तथा गाउँ शिक्षा समिति चिलखायाको आयोजनामा चिलखाया गाविसमा गाविस स्तरीय पढाई सिकाई मेला पर्दशनी कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बुद्धि गर्न शैक्षिक गुणस्तर सुधारका लागि चिलखाया गाविसका शैक्षिक सरोकारवालाहरुको सहयात्रा भन्ने मूल नाराका साथ यहि मंसिर १९ गते आयोजित पढाई सिकाई मेलामा विभिन्न शैक्षिक सामाग्री पर्दशनी गरी मेला सम्पन्न भएको हो । 

चिलखाया गाविसका ९ वटा विद्यालयहरुको सहभागितामा आयोजित मेलामा आधारभूत विद्यालयमा पढनपाठन हुने अंग्रजी, गणित, विज्ञान सामाजिक लगायतका पाठ्यक्रमहरुमा प्रयोगहुने स्थानीय शैक्षिक सामाग्री पर्दशनी गरिएका छन् । गाउँ शिक्षा समितिका प्रतिनिधि एवं गाविस कार्यालय चिलखायाका लेखापाल हस्त बहादुर शाहीको अध्यक्षता जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति परेक बहादुर शाहीको प्रमखु आथित्यता, सेभ द चिल्ड्रेनका प्रतिनिधि प्रमोद न्यौपानेको विशेष आथित्यतामा आयोजित मेलामा सहभागि विद्यालयहरुले पर्दशनी गरेका शैक्षिक सामाग्रीहरुको मुल्यांकन समेत गरिएको छ ।


जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति परेक बहादुर शाहीको संयोजकत्वमा गठित ५ सदस्यी मुल्यांकन टोली गठन गरी सहभागि मध्यबाट ४ वटा उत्कृष्ट विद्यालय घोषणा गरिएको छ । जसमा राष्ट्रिय आधारभूत विद्यालय प्रथम, शिवालय मावि दृतिय, जगन्नाथ आधारभूत विद्यालय तृतिय, कालिका आधारभूत विद्यालय शान्तोना स्थान हासिल गर्न सफल भएका छन् ।

पढाई सिकाई मेलामा सहभागि अभिभावकहरुले यो भेला अहिले सम्मकै नयाँ मेला भएकाले आफुहरु यो मेला प्रति उत्शाही भएको बताएका छन् । चिलखाया ३ कामखेतबाट १ घण्टा लगाएर मेलामा सहभागी हुन आउनु भएका ६० बर्षिया तिल बहादुर शाहीले अहिलेका बालबालिकाहरु जे पनि बनाउन सक्दा रहेछन् भन्ने आधार प्रश्तुत गरेको बताउनु भएको छ । आकाशमा उडेको हेलिकोप्टर टाढाबाट देखेका थियौ तर अहिले आफ्नै बालबालिकाहरुले फन्फन्ती घुम्ने हेलिकोप्टर बनाएको भन्दै बालबालिको प्रशंसा समेत गर्नु भएको छ । यो मेला केही क्षेणका लागि मात्र नभै अर्धबार्षिक वा बार्षिकरुपमा नियमित मनाउनु र्ने स्थानीय महिला अभिभावक निर्मला ढकालले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय