दलसिंह गिरी | पुस ६, कालिकाेट | जिल्लाभर विगतका गाउँ परिषदहरुमा राजैनितिक दलहरुलाई प्रमुख आथित्ययता बनाउने र गाविस सचिव वा गाविस कार्यालयमा कार्यरत कर्मचारीले गाउ परिषद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | पुस ६, कालिकाेट | जिल्लाभर विगतका गाउँ परिषदहरुमा राजैनितिक दलहरुलाई प्रमुख आथित्ययता बनाउने र गाविस सचिव वा गाविस कार्यालयमा कार्यरत कर्मचारीले गाउ परिषद"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिलाले पनि गर्न सक्छन, भन्ने भावनाकाे बिकास अावश्यक

६ पुष २०७३, बुधबार १६:५५

दलसिंह गिरी | पुस ६, कालिकाेट | जिल्लाभर विगतका गाउँ परिषदहरुमा राजैनितिक दलहरुलाई प्रमुख आथित्ययता बनाउने र गाविस सचिव वा गाविस कार्यालयमा कार्यरत कर्मचारीले गाउ परिषद संचालन गर्ने परिपाटीलाई तोड्दै जिल्ला सदरमुकाम मान्म देखि उत्तर तर्फ पर्ने फुकोट गाविसले नयाँ परिपाटी थालनी गरेको छ । गणतन्त्र स्थापना पछिको नवौं गाउपरिषद उद्घाटन तथा बजेट सार्वजनिकिकरण कार्यक्रमका लागि प्रमुख अथिति चयनमा गाविसमा कृयाशिल राजनैतिक दलहरुको विवाद नमिलेपछि गाविस सचिव छक्क बहादुर शाहीकै अध्यक्षता एवं प्रमुख आथित्यतामा गाउँ परिषद सम्पन्न गर्दैै नयाँ थालनी गरेको हो । 

विगत बर्षका कुनैपनि गाउ परिषद उद्घाटनको संचालन महिलाहरुले नगरेको रेकर्ड फुकोट गाविसका महिलाले तोडेका छन् । फुकोटकी स्थानीय अगुवा महिला कोपीला संज्याल बरालले नवौं गाउपरिषदको उद्घाटनसत्र संचालन गरेकी छन् । उद्घोषण क्षेत्रमा जिल्लामै नगन्य मात्रामा रहेको महिलाको संख्यामा एउटा इटा थपेको महशुस भएको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् । 

विगत केही बर्ष पहिले गैरसरकारी संस्थामा सामाजिक परिचालकको रुपमा काम गर्दै आइरहेकी संज्यालले बजेट सार्वजनिकिकरण कार्यक्रम समापन पश्चात महिलाले अवसरपाए जुनसुकै काम गर्न सक्छन् भन्ने चेतना सबैमा जाग्नु आजको आवश्यकता रहेको बताए कि छन् । केन्द्रमा जस्तै स्थानीय स्तरमा पनि राजनैतिकदलहरु आफ्नो बर्जस्व कायम राख्न तछाड मछाड गर्ने परिपाटी कायम रहेको बताउदै यस्तो परिपाटीको अन्य नभएसम्म गाविसको मात्र हैन सिंगो देशकै विकास हुन नसक्ने बताएकी छन् । आफ्नै गाविसको भाग्य रेखा कोर्ने परिषदको संचालन गर्ने जिम्मा पाएकोमा आफु भाग्यमानी ठानेको समेत बताएकी छन् । 

गाविस सचिव छक्क बहादुर शाहीको अध्यक्षतामा संचलित परिषदको बजेट सार्वजकिनिकरण गर्दै सचिव शाहीले चालु आव २०७३÷०७४ को चालु तर्फ १ करोड ३८ लाख ४६ हजार ५ सय र पुजीगत तर्फ ५० लाख ४७ हजार ३ सय बजेट परिचालन भैरहेको बताएका छन् यसै गरी आर्थिक बर्ष २०७४÷०७५ को अनुमानित बजेट चालु तर्फ १ करोड ५१ लाख ४ सय ७० र पुजीगत तर्फ ५१ लाख ५२ हाजर ५ सय विनियोजन गरिएको बताएका छन् । प्रस्तावित तर्फको चालु बजेट विशेष गरी शिक्षा, कृषि, सरसफाई, क्षेमता विकास, विपद ब्यवस्थापन लगायतका क्षेत्रमा छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह