2026-09-16 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

क्याम्पस परिसर सरसफाई कार्यक्रम सम्पन्न

माधव वेल्वासे/पुस ८, कपिलवस्तु । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारि कपिलवस्तु वहुमुखि क्याम्पस मुल इकाई समितिको आयोजनामा शुक्रवार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नम्बर प्रदेशका सहंसयोजक बिनोद चौधरीले उद्घाटन गरेका थिए । क्याम्पस परिसरमा सरसफाइ गर्दै प्लास्टिकजन्य फोहोर संकलन गरेर उचित व्यवस्थापन सम्बन्धि जानकारी समेत गराईएको थियो ।

मुल इकाई समितिका अध्यक्ष वसिम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नम्बर ५ का सह संयोजक बिनोद चौधरी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य जिएन पाण्डे कपिलवस्तु बहुमुखी क्याम्पसका सहायक प्रमुख नवराज तिवारी लगायतले सरसफाइलाई सवैले महत्वपुर्ण रुपमा लिनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा क्याम्पस संचालन समिती, शिक्षक, विद्यार्थीको सहभागिता थियो । साथै  क्याम्पस लाई सरसफाइ  सामग्रीहरु पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल