2026-10-31 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

संबिधानको पिता संबिधानसभा हो कांग्रेस होइन् एमाले नेता: भट्टराई

bhattraiदीपकअनुरागी आचार्य/चैत २७, कपिलवस्तु । नेकपा एमालेका केन्द्रिय सदस्य
तथा युवा नेता खिमलाल भट्टराईले संविधानको पिता नेपाली कांग्रेस नभएर संबिधानसभा भएको बताउनुभएको छ
।

संबिधानसभाको विरासत भुलेर नेपाली कांग्रेसले संबिधानको पिता
आफुभएको भन्दै गलत व्याख्या गर्दै हिडेको उहाँले तर्क गर्नुभयो । नेकपा एमाले वाणगंगा नगरपालिका १०
गजेहडामा शनिबार भएको पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो – “ कांग्रेसले
संबिधानको पिता शुसिल कोइराला हो भनेर गलत ब्याख्या गर्दै हिड्यो ।”

त्यस भ्रमलाई जनताको बिचमा आई चिर्न सबै कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । संबिधान
कार्यान्वयन पनि अब तत्काल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘ शुक्रबार मात्र बसेको मन्त्रि परिषद
बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्वमा संबिधान कार्यान्वयनको लागी उच्च स्तरीयकार्यदल
निर्माण गरेको छ उहाँले भन्नुभयो –“ अब संबिधानको छिट्टै कार्यान्वयन हुन्छ ।”

सरकारको प्रमुख नेतृत्व गरेको एमालेका नेता भट्टराईले अहिलेको सरकार ढाल्ने
प्रतिपक्षको कुनै तागत नभएको दाबी गर्नुभयो । बहुमतले बनेको सरकारलाई ढाल्ने कसैले सपना नदेखे हुन्छ
उहाँले भन्नुभयो – “ यो सरकार अहिल्यै ढल्दैन्, ’ अझै २ बर्ष टिक्छ । ” देशको तिव्र आर्थिक बिकासमा
अहिलेको सरकार केन्द्रित रहेकोले विगतका सरकारलाई भन्दा अहिलेको सरकारलाई फरक ढङ्गले बुज्न
प्रतिपक्षिदललाई उहाँले आग्रह गर्नुभयो । ‘

सरकार ढल्दैन् बरु
कांग्रेस सहितका दल संयुक्त सरकार बनाउन केन्द्रित हुनुपर्छ उहाले भन्नुभयो ।” देश सञ्चालन गर्ने प्रमुख
ड्राइभर एमाले भएको भन्दै उहाँले अरु दलले देश हाक्न नसक्ने व्यङ्ग्य गर्दै भट्टराईले भन्नुभयो –“ एमाले
बाहेक अरु दलमा देश हाक्ने ड्राइभर छैनन् त्यो मैले भनेको हैन् इतिहासले पुष्टि गरिसकेको छ ।
”

आफ्नो बोल्ने समयलाई करिब आधा घण्टा खर्चिएका नेता भट्टराईले
सरकारको बारेमा धेरै बोल्नुभएको थियो । विपक्षि दलले सरकार सुस्ताएको आरोप लगाउदै गरेको बेला उहाँले ‘
सरकारलाई १ मिनेटको पनि महत्व बुझेर काम गरिरहेको तर्क दिनुभयो । ’ भट्टराईले भन्नुभयो – “ सरकारलाई एक
घण्टा होइन् एक मिनेटको पनि महत्व छ त्यहि अनुसार तिव्र जनताको काममा सरकार लागेको छ । ” भर्खरै
प्रधानमन्त्री ओलीको चिन भ्रमणले नेपालमा नयाँ आयम थपिएको उहाँले चर्चा गर्नुभयो । चिन भ्रमणमा
व्यापारिक र पारवहान सम्झौता लगायतका महत्वपुर्ण काम हुनु इतिहासको सबैभन्दा राम्रो उपलब्धि भएको उहाँले
जिकिर गर्नुभयो ।

देशमा राजनिति क्रान्ति सकिएको बताउँदै अब
देशको आर्थिक क्रान्तिमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसको लागी जनमैत्री बजेट ल्याउन
सरकार लागी परेको उहाँले जानकारी दिनुभयो । कृषिको आधुनिकिकरण, जलस्रोतको उपयोग, पर्यटनको प्रर्वद्धन
लगायतका बिषयमा अहिले बजेट केन्द्रित हुने उहाँको भनाई थियो । ‘ यस बजेटले सिंगो देशलाई आर्थिक बिकासमा
होमाउने मात्र गर्दैन्, नेकपा एमालेको पनि शिरो उचो हुन्छ उहाँले भन्नुभयो – ‘ २०५१÷ ०५२ मा एमाले सरकार
हुदाँ गरेको कामले अहिले सम्म एमालेको शिरो ठाडो पारेको छ, अब त्यस इतिहास पढेर मात्र काम छैन्, त्यस्तै
प्रकारको काम गर्न एमाले अहिले लागिपरेको छ ।

सोहि कार्यक्रममा
एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सासंद दोय बलराम अधिकारी, विश्राम प्रसाद थारु, पुर्व राष्ट्रिय
प्रतिनिधि परिषद सदस्य मित्रलाल शर्मा, एमाले जिल्ला नेता डम्बर शर्मा, चक्रपाणी अर्याल, नागरिक समाजका
अध्यक्ष दोलक बहादुर पछाई लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम वडा नं. १० का वडा कमिटी अध्यक्ष
केशव आचार्यको अध्यक्षता, वडा नं. ९ का वडा कमिटी अध्यक्ष सरीता देवी ढकालको स्वागत मन्तव्य र वडा नं. ८
का अध्यक्ष गोपाल ज्ञवालीको सहजीकरणमा सम्पन्न भएको थियो ।

वैद्य माओबादी जिल्ला नेता सहित विभिन्न पार्टिका ३ दर्जन कार्यकर्ता एमाले
प्रवेश

नेपाल माओबादीका जिल्ला सदस्य तथा दलित नेता योगनाथ सुनार सहितको नेतृत्वमा विभिन्न
पार्टि परित्याग गरी करिब ३ दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले वाणगंगा वडा कमिटी वडा नं. ८, ९ र १० ले शनिबार गजेहडामा राखेको पार्टि प्रवेश
कार्यक्रममा ति कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । पार्टि प्रवेश गर्नेलाई एमालेका केन्द्रिय सदस्य
तथा युवा नेता खिमलाल भट्टराई र एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले फुलमाला लगाई एमालेका प्रवेश
गराउनुभयो ।

पार्टि प्रवेश पछि नेकपा माओबादी परित्यागको घोषणा
गर्दै नेता सुनारले माआबोदीहरु पद र सत्ताको लागी टुक्रा टुक्रा भएको तर कार्याकर्ताको मर्म बुज्न
नसकेको आरोप लगाउनुभयो । देशमा अब तिव्र आर्थिक बिकास भए मात्र देशको बिकास हुने बताउँदै नेकपा
माओबादीले बन्दुकको मात्र कुरा गरेको आफु सो पार्टि परित्याग गरि एमाले प्रवेश गर्न बाध्य भएको तर्क
गर्नुभयो । अब देश समुन्नत बनाउने दायित्व एमालेको काधमा आएको भन्दै सबै पार्टि कार्यकर्ता र देशका
जनतालाई उचित महत्व दिई काम गर्न नेतृत्वलाइ सुझाव दिनुभयो ।

यस्तै अखिल नेपाल शिक्षक संगठन परित्याग गरि एमाले प्रवेश गर्ने कुष्ण बहादुर चौधरीले एमाले
नै देशको सच्चा कम्युनिष्ट पार्टि भएको जिकिर गर्नुभयो । पार्टिले आफुहरुको क्षमता हेरी उचित जिम्मेवारी
दिए जुन सुकै काम गर्न पछि नपर्ने उहाँले तर्क गर्नुभयो । अब आफुले अन्य साथीहरुलाई पनि एमाले प्रवेश
गराउने चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा