दलसिंह गिरी/पुस २०, कालिकोट । रकु गाविसको नबौं गाउ परिषद तथा बजेट सार्बजनिकिकरण कार्यक्रम विबिध कार्यक्रम गरी सम्पन्न भएको छ । गाविस सचिव दुर्गा बहादुर बुढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस २०, कालिकोट । रकु गाविसको नबौं गाउ परिषद तथा बजेट सार्बजनिकिकरण कार्यक्रम विबिध कार्यक्रम गरी सम्पन्न भएको छ । गाविस सचिव दुर्गा बहादुर बुढा"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

रकुको गाउँ परिषद्मा जे देखियो त्यहि लेखियो

२०७३, २० पुष बुधबार ०५:१०


दलसिंह गिरी/पुस २०, कालिकोट । रकु गाविसको नबौं गाउ परिषद तथा बजेट सार्बजनिकिकरण कार्यक्रम विबिध कार्यक्रम गरी सम्पन्न भएको छ । गाविस सचिव दुर्गा बहादुर बुढाको अध्यक्षता भुपु गाविस अध्यक्ष सतलसिंह बुढाको प्रमुख आथित्यता भुपु गाविस उपाध्यक्ष नमराज देवकोटाको बिशेष आथित्यतामा गाविसमा कृयाशिल राजनैतिकदल नागरिक समाज बुद्धिजीवी स्थानीय वासीहरुको उल्लेख्य उपस्थितिमा गाउ परिषद तथा बजेट सार्बजनिकिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बजेट सार्बजनिकिकरणमा चालु आर्थिक बर्ष २०७३।०७४मा पुजिगत तर्फ ३८ लाख १५ हजार र चालु तर्फ ५ लाख ४५ हजार बजेट विनियोज गरिएको छ । यसै गरी आर्थिक बर्ष २०७४।०७५का लागि पुजिगत तर्फ ३८ लाख १५ हजार र चालु तर्फ ५ लाख ४५ हजार नै बजेट प्रस्ताव गरेको गाविस सचिव दुर्गा बहादुर बुढाले बताउनु भएको छ । 

जेष्टनागरिक लक्षित बजेट मन्दिर निर्माणमा विनियोजन

जेष्ट नागरिकको हकहितका लागि छुट्याईएको बजेट मन्दिर निर्माणमा विनियोजन गरिएको छ । रकु गाविसको नबौं गाउ परिषदमा आर्थिक बर्ष २०७३।०७४ मा जेष्ट नागरिकको नाममा छुट्याइएको बजेट मन्दिर निर्माणमा बिनियोजन गरिएको हो ।


राज्य स्तरमा स्थानीय निकायमा प्रवाह हुने हरेक सेवाहरुमा प्रत्यक्ष पहुँच पुगोस् भन्ने हेतुले नेपाल सरकारले समेत जेष्ठ नागरिक लक्षित कार्यक्रम अगाडी बढाए पनि रकु गाविसमा भने यो बर्ष जेष्ट नागरिकको ९८ हजार बजेट मन्दिर निर्माणमा बिनियोजन गरेको छ ।

जेष्ट नागरिको नाममा छुट्टीएको बजेटबाट रकु गाविस वडा नं. ६ मा रहेको धवल्पुरा देवताको मन्दिर र वडा नं. ३ मा रहेको निलकोटी देवताको मन्दिर निर्माण गरिने जनाइएको छ । रकु गाविसको नबौं गाउँ परिषदको उद्घाटन तथा बजेट सार्वजनिकिकरणमा बजेट सार्वजनिक गर्दै गाविस सचिव दुर्गा बहादुर बुढाले यस्तो बताउनु भएको हो ।

यता जेष्ट नागरिक भने निर्माण हुने मन्दिर सधै जेष्ट नागरिक बस्ने धर्मशाला हुन नसक्ने भन्दै विरोध जनाएका छन् । बुढेसकालको साहरा बनोस् भनेर सरकारले जेष्ट नागरिकको नाममा छुट्याएको बजेट यहाका स्थानीय राजनैतिक दल लगाएका अगुवाहरुले आफ्नो अनुकुल भागबण्डा गर्ने गरेको भन्दै रकु वडा नं. २ का जेष्ठ नागरिक रंगलाल जैसीले गुनासो ब्यक्त गर्नु भएको छ ।

यस्तै जेष्ट नागरिकको पहिलो साहरा भनेको लठ्ठी र आँखामा लगाउने चस्मा  भएकाले यसप्रति सबैको ध्यान जान आवश्यक रहेको रकु ४ सेरिज्यूलाका जेष्ट नागरिक कासी गिरीले बताउनु भएको छ । जब बुढा हुदै गैयो आँखा पनि देखिन कम हुदै गए त्यसैले बरु आँखाको उपचारको निम्ती बजेट बिनियोन भएको भए हामी जस्ता बृद्धको कल्याण हुने थियो भन्दै गिरीले आफ्नो आफ्नो धारणा राख्नु भएको छ ।

उता गाविस सचिव दुर्गा बहादुर बुढा लक्षित बर्गको नाममा छुट्याईएको बजेट लक्षित बर्ग कै नाममा खर्च गरिनु पर्ने आफुले अडान राखे पनि योजना तर्जुमाको बेला राजनैतिक दलहरुले नमान्दा बाध्य भएर मन्दिरमा विनियोजन गरेको बताउनु भएको छ । 


दलित लक्षित बजेट पंचेबाजा खरिदमा

राज्यको हरेको पहुँचमा दलितहरुको सहभागिता न्यून भयो भन्दै नेपाल सरकारले दलितहरुको चेतना स्तर बृद्धिका लागि दलित लक्षित बजेट छुट्याए पनि कालिकोट जिल्लाको रकु गाविसमा भने उक्त बजेट पंचेबाजा खरिदमा विनियोजन गरिएको छ । लोकतन्त्र पछिको रकु गाविसको नबौं गाउ परिषद तथा बजेट सार्बजनिकिकरणमा दलित लक्षित बजेट पंचेबाजामा विनियोजन गरिएको हो ।

आर्थिक बर्ष २०७३।०७४ को करिव १ लाख ४३ हजार बजेट पंचेबाजा खरिदका लागि बिनियोजन गरिएको छ । बिनियोजित बजेटबारे गाविस सचिव दुर्गा बहादुर बुढालाई सोध्दा गाविस स्तरीय दलहरुको निर्णय आधारमा पंचेबाजा खरिदका लागि बजेट बिनियोजन गरिएको बताउनु भएको छ । 

यता दलितहरुको सवालमा वकालत गर्दै आउनु भएका नेकपा माओवादीका केन्द्रका जिल्ला सदस्य भरत बहादुर वि.क.ले यो विनियोजित बजेटबारे आफुलाई कुनै जानकारी नभएको र यो बजेट कुनै बाजा खरिदका लागि नभै दलित समुदायको चेतना स्तर बृद्धिका लागि जनचेतनामुलक कार्यक्रम संचालन गर्न राज्यले छुट्याएको बजेट कुनै सामाग्री खदिरमा मात्र सिमित गर्न नहुने धारणा राख्नु भएको छ ।

महिला लक्षित बजेट भने सहि ठाउमा छुट्याईयो 

महिला लक्षित बजेट भने सहि ठाउमा छुट्याईएको भन्दै महिला अधिकार कर्मीहरुले खुशी ब्यक्त गरेका छन् । विगतका दिनहरुमा महिला लक्षित बजेट तिज मनाउन, नारिदिबस मनाउ विनियोजन गर्ने गरिएपनि यो बर्ष सिलाई कटाई, महिलाहरुका लागि लोकसेवा आयोग तयारी कक्षा, मातृशिशु सुरक्षा, महिलाको संस्थागत विकास र एकल तथा विपन्न महिलाका लागि सोलार खरिद जस्ता शिर्षकमा बजेट विनियोजन भएको भन्दै महिलाहरु खुशी भएका हुन् ।

आर्थिक बर्ष २०७३।०७४को महिला लक्षित ४ लाख ७४ हजार ५ सय बजेट विनियोजन भएको छ । सिपविकासमा केन्द्रीत रहेर विनियोजन गरिएको बजेट योजना तर्जुमा बैठकमा लडाई गरेर मात्र छुट्याउन सफल भएको महिला संजालका गाविस संयोजक अम्मसरा भट्टले बताउनु भएको छ ।

पहिले आउदा को हो ? को हो ? अहिले जादा मोहो

एक कार्यक्रमको जिम्मेवारी लिएर जब रकु गाविसमा आउदा को हो ? को हो ? भन्ने रकु बासीले आज उनै ब्यक्ति को हो ? ब्यक्ति थप जिम्मेवारी पुरागर्न अर्को क्षेत्रमा जानै लाग्दा रकुवासीले एक भब्य कार्यक्रमका विच विदाई गरेका छन् । विगत २ बर्ष पहिले किर्डाक नेपाल द्धारा रकु गाविसमा संचालित सहयात्रा परियोजनाको जिम्मेवारी बहन गर्न आउदा विरानो ठाउ जस्तो मान्ने किर्डाक नेपाल कालिकोटमा कार्यरत फिल्ड सुपरभाइजर पार्बती सिंहलाई आज रकु वासीले दोसल्ला र फुलमाला सहित स–सम्मान विदाई गरेका हुन् ।


रकुमा संचालित सहयात्रा परियोजनाको कार्यक्रम अनुसार महिला, बालबालिकाहरुको हकहितका सवालमा जागरण अभियान थालेकी सिंहलाई आज रकु गाविसका बासिन्दाहरुले रकु बासी बालबालिका तथा महिलाको चेतना स्तरमा परिवर्तन ल्याएको भन्दै सम्मान गरिए छ । 

मिलनसार र जिज्ञासु स्वभावको कारणले नै रकु गाविसको मनमुटुमा बस्न सफल भएको, कार्यक्रमको जिम्मेवारी अलावा गाविसमा भए गरेको स्वास्थ्य सम्बन्धि, महिला सम्बन्धि, बालबालिका सम्बन्धिका सवालहरु मिडिया मार्फत बाहिर ल्याई रकु बासिलाई जागरुक गराएको भन्दै नबौं गाउँ परिषदको अवसर पारेर सुपरभाईजर सिंहलाई सम्मान गरिएको हो । विगत २ बर्ष देखि रकुगाविसमै कार्यरत रहेपनि अफिसेली जिम्मेवारीका कारण छिमेकी गाविस मेहलमुडीमा सरुवा भएपछि गाविसका भुपु अध्यक्ष सतसिंह बुढाको प्रमुख आथित्यतामा गाविस सचिव दुर्गा बहादुर बुढाको अध्यक्षतामा आयोजित परिषदमा सिंहलाई सम्मान सहित विदाई गरएको हो ।

राष्ट्रस्तरमा नाम रकु बासिले गरे सम्मान

गाउँ, इलाका, हुदै जिल्ला मात्र नभै क्षेत्र तथा राष्ट्रस्तरमा समेत आफ्नो नाम उच्चो राखेको भन्दै रकु बासी भलिबल खेलाडी खेमराज गिरीलाई सम्मान गरिएको छ । केही दिन अगाडी विराटनगरमा संचालित सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भलिबल खेल तर्फ मध्यपश्चिमबाट राष्ट्रस्तर कै खेलमा आफ्नो कला देखाई रकु गाविसको गहनाको रुपमा चिनिएको भन्दै सम्मान गरिएको हो ।

गणतन्त्र पछिको नबौं गाउपरिषदको अवसर पारेर गाविस सचिव दुर्गाबहादुर बुढाको अध्यक्षता भुपु गाविस अध्यक्ष सतलसिंह बुढाको प्रमुख आथित्यतामा खेलाडी गिरीलाई दोसल्ला र फुलमाला सहित सम्मान गरिएको छ । 

सम्मान कार्यक्रममा बोल्दै खेलाडी गिरीले यो फुलमाला र दोसल्लाले गरिएको सम्मानको कदर गर्दै आउदा दिनहरुमा सिंगो रकुवासीको शिर उच्चराख्न आफ्नो कला र क्षेमताले भ्याएसम्म अगाडी बढिरहने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा