१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको एक दर्जन बढी गाविसमा पानीको हाहाकार

२५ पुष २०७३, सोमबार ०७:५८

 पुस २५, गौशाला । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार छ । 

विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीवास, खयमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताएका छन् । 

ढुङ्गा र चट्टानयुक्त भौगोलिक स्थितिका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेको र विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार पनि सुकिसकेका छन् भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको बेलगाछीका काशी महतोले बताउनुभयो । 

सयौँ इनार एकैचोटी सुक्दा त्यस क्षेत्रमा खानेपानीको समस्या विकराल भएको र बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निकै समय खर्चिनु परेको लक्ष्मीनियाँका शङ्कर महतोले बताउनुभयो । 

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाविसमा पानीको हाहाकार भएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एक सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनुपरेको गौशालाका हजारी साहले बताउनुभयो । 

खयरमाराका देवेन्द्र यादवका अनुसार पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने सातामा दुई÷तीनपटक मात्रै गर्ने गरेका छन् । 

ती गाविसमा विभिन्न सामाजिक सङ्घसंस्था र गाविसकै खर्चमै पनि धेरै पहिले जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोरिङ पुरानो भएर सञ्चालन नहुँदा स्थानीयवासी पानी जोहोका लागि छिमेकी जिल्लाको धनुषा बजार र सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदी नाला र इनारमा जानुपरेको पशुपति नगरका वीरेन्द्र महतोले बताउनुभयो । 

हिउँदकै बेला त्यस क्षेत्रका दर्जनौँ गाविसमा पानीको अभाव भएपछि चिन्तित भएका स्थानीयवासीले सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह