दिपक अनुरागी/माघ १, कपिलबस्तु । नेपाल मगर सघं जिल्ला कार्य समिती कपिलबस्तुको आयोजनामा बोडगाउँमा शनिबारदेखि २ दिने माघी मेला सुरु भएको छ । 

मग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/माघ १, कपिलबस्तु । नेपाल मगर सघं जिल्ला कार्य समिती कपिलबस्तुको आयोजनामा बोडगाउँमा शनिबारदेखि २ दिने माघी मेला सुरु भएको छ । 

मग"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माघि पर्वमा मगर र थारु समुदाय मेला लगाउनमा व्यस्त

१ माघ २०७३, शनिबार १५:०५


दिपक अनुरागी/माघ १, कपिलबस्तु । नेपाल मगर सघं जिल्ला कार्य समिती कपिलबस्तुको आयोजनामा बोडगाउँमा शनिबारदेखि २ दिने माघी मेला सुरु भएको छ । 

मगर समुदायको छिटफुट बसोबास रहेको यस जिल्लाका मगरहरु एकजुट भई माघे संक्रातिको अवसर पारेर मेला शुरु गरेका हुन् । ‘ राष्ट्रिय पर्व माघे सक्रान्ती २०७३ भव्य रुपमा सफल पारौ, मगरात स्वयत्त प्रदेश प्राप्तीको साझा अभियानमा लागौ ’ भन्ने मुल नाराका साथ माघी मेला सुरु भएको हो ।  

कार्यक्रमको उद्घाटसस्त्रमा बोल्दै नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक पछाई, थारु कल्याणकारीणि सभा कपिलबस्तुका अध्यक्ष जजिर प्रसाद थारु, तमु ह्युल छोधि गुरुङ विन्द्र गुरुङ, तामाङ धदुङ संघका कर्ण लामा, नया शक्ति पार्टीका जिल्ला संयोजक नारायण खनाल, नेकपा माओवादीका कमल उप्रेती जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरि प्रमुख निर बहादुर थापा लगाएतले पर्वको अवसरमा शुभकामना मन्तव्य दिदै मगरहरुको कला संस्कृति रहन सहन र परम्परा लाई जगेर्ना गर्दै नयाँ पुस्तामा पनि संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको बताएका थिए ।

मेलामा मगर समुदायका विभिन्न खानाका परिकारहरु समेत राखिएको छ । कार्यक्रममा कपिलवस्तु डान्स आईडलमा सहभागिता जनाएर फाईनलमा पुग्ने बबिता सारु, कृति गाँहालाई सम्मान समेत गरिएको छ । साथै मगर समुदायको परम्परा देखि चलिआएको झामरे नाच प्रस्तुत गर्नुको साथै अन्य विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । 

विविध सांस्कृतिक कार्यक्रम सोमबार सम्म जारि रहने छ । नेपाल मगर सघं जिल्ला समितीका अध्यक्ष लक्ष्मी सारु मगरको अध्क्षता, नेपाल आदिवासी जनजाती महासघं ं जिल्ला समन्वय परिषदका जिल्ला अध्यक्ष विमल सारुको विशिष्ट आतिथ्यता तथा मोहन सिंजालीको संचालनमा कार्यक्रम भएको छ ।

 यसैविच आइतबार देखि ७ औ कपिलबस्तु माघि महोत्सव जिल्लाको चौवन्नमा सुरु हुदैछ । थारु समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले माघि महोत्सवको आयोजना गरिएको थारु कल्याणकारीणी सभा कपिलबस्तुका अध्यक्ष जन्जीर प्रसाद थारुले जानकारी दिए । 

थारु समुदायको जीवनशैली, भेषभुषा, कला, संस्कृतिको बारेमा जानकारी दिने महोत्सवमा थारुका परम्परागत सामग्री ढकिया, मौनी, डेलवा, लगायतका सामग्री राखिएको छ । साथै थारु खानाका परिकारहरु घोगी, ढिकरी, माछा, खरिया पटुसनी, अनदिको चामलको भात, बरिया लगाएतका परिकारहरु समेत राखिएको छ । 

महोत्सव माघ २ गते देखि ४ गते सम्म चल्नेछ । महोत्वसवको थारु कल्याणकारीणि सभाका केन्द्रिय उपाध्यक्ष कन्नु लाल चौधरीद्धारा उद्रघाटन गर्ने तयारी छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कपिलबस्तुको संरक्षक, थारु कल्याणकारीणी सभा कपिलबस्तुको संयोजन तथा थारु उत्थान विकास संस्थाको आयोजनामा  भृकुटी नगरपालिका चौवन्नपुरमा माघी महोत्सवको आयोजना गरिएको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह