दिपक अनुरागी/माघ १, कपिलबस्तु । नेपाल मगर सघं जिल्ला कार्य समिती कपिलबस्तुको आयोजनामा बोडगाउँमा शनिबारदेखि २ दिने माघी मेला सुरु भएको छ । 

मग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/माघ १, कपिलबस्तु । नेपाल मगर सघं जिल्ला कार्य समिती कपिलबस्तुको आयोजनामा बोडगाउँमा शनिबारदेखि २ दिने माघी मेला सुरु भएको छ । 

मग"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माघि पर्वमा मगर र थारु समुदाय मेला लगाउनमा व्यस्त

२०७३, १ माघ शनिबार १५:०५


दिपक अनुरागी/माघ १, कपिलबस्तु । नेपाल मगर सघं जिल्ला कार्य समिती कपिलबस्तुको आयोजनामा बोडगाउँमा शनिबारदेखि २ दिने माघी मेला सुरु भएको छ । 

मगर समुदायको छिटफुट बसोबास रहेको यस जिल्लाका मगरहरु एकजुट भई माघे संक्रातिको अवसर पारेर मेला शुरु गरेका हुन् । ‘ राष्ट्रिय पर्व माघे सक्रान्ती २०७३ भव्य रुपमा सफल पारौ, मगरात स्वयत्त प्रदेश प्राप्तीको साझा अभियानमा लागौ ’ भन्ने मुल नाराका साथ माघी मेला सुरु भएको हो ।  

कार्यक्रमको उद्घाटसस्त्रमा बोल्दै नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक पछाई, थारु कल्याणकारीणि सभा कपिलबस्तुका अध्यक्ष जजिर प्रसाद थारु, तमु ह्युल छोधि गुरुङ विन्द्र गुरुङ, तामाङ धदुङ संघका कर्ण लामा, नया शक्ति पार्टीका जिल्ला संयोजक नारायण खनाल, नेकपा माओवादीका कमल उप्रेती जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरि प्रमुख निर बहादुर थापा लगाएतले पर्वको अवसरमा शुभकामना मन्तव्य दिदै मगरहरुको कला संस्कृति रहन सहन र परम्परा लाई जगेर्ना गर्दै नयाँ पुस्तामा पनि संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको बताएका थिए ।

मेलामा मगर समुदायका विभिन्न खानाका परिकारहरु समेत राखिएको छ । कार्यक्रममा कपिलवस्तु डान्स आईडलमा सहभागिता जनाएर फाईनलमा पुग्ने बबिता सारु, कृति गाँहालाई सम्मान समेत गरिएको छ । साथै मगर समुदायको परम्परा देखि चलिआएको झामरे नाच प्रस्तुत गर्नुको साथै अन्य विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । 

विविध सांस्कृतिक कार्यक्रम सोमबार सम्म जारि रहने छ । नेपाल मगर सघं जिल्ला समितीका अध्यक्ष लक्ष्मी सारु मगरको अध्क्षता, नेपाल आदिवासी जनजाती महासघं ं जिल्ला समन्वय परिषदका जिल्ला अध्यक्ष विमल सारुको विशिष्ट आतिथ्यता तथा मोहन सिंजालीको संचालनमा कार्यक्रम भएको छ ।

 यसैविच आइतबार देखि ७ औ कपिलबस्तु माघि महोत्सव जिल्लाको चौवन्नमा सुरु हुदैछ । थारु समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले माघि महोत्सवको आयोजना गरिएको थारु कल्याणकारीणी सभा कपिलबस्तुका अध्यक्ष जन्जीर प्रसाद थारुले जानकारी दिए । 

थारु समुदायको जीवनशैली, भेषभुषा, कला, संस्कृतिको बारेमा जानकारी दिने महोत्सवमा थारुका परम्परागत सामग्री ढकिया, मौनी, डेलवा, लगायतका सामग्री राखिएको छ । साथै थारु खानाका परिकारहरु घोगी, ढिकरी, माछा, खरिया पटुसनी, अनदिको चामलको भात, बरिया लगाएतका परिकारहरु समेत राखिएको छ । 

महोत्सव माघ २ गते देखि ४ गते सम्म चल्नेछ । महोत्वसवको थारु कल्याणकारीणि सभाका केन्द्रिय उपाध्यक्ष कन्नु लाल चौधरीद्धारा उद्रघाटन गर्ने तयारी छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कपिलबस्तुको संरक्षक, थारु कल्याणकारीणी सभा कपिलबस्तुको संयोजन तथा थारु उत्थान विकास संस्थाको आयोजनामा  भृकुटी नगरपालिका चौवन्नपुरमा माघी महोत्सवको आयोजना गरिएको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ