दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सदरमुकाम मान्ममा भुइँचालो, दूई जनाको उद्धार

२ माघ २०७३, आईतवार १३:३८


दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प्रतिमाचोक नजिकै पश्चिम तर्फ पर्ने राष्ट्रिय बाणिज्य बैकको भत्किएको घरबाट दुईजना घाइते केटाकेटीलाई उद्धार गरेर प्रतिमाचोकमै ल्यायो, बसै स्थानीय वासी के हो ? के भो ? 


कसरी भयो भन्दै एकपछि अर्को हुदै जम्मा हुन थाले यता रेटक्रस लेखिएको ज्याकेट लगाएका केही ब्यक्तिहरु प्राथमिक उपचार सामाग्री सहित दौडेर घटना स्थल आएर उचार गर्न थाले, प्राथमिक उपचार हुदा नहुदै जिल्ला अस्पतालको एम्बुलेन्स इमरजेन्सी साइरन बजाउदै प्रतिमाचोकमै टुप्लुक्क आइपुग्यो, अनि विरामीलाई तुरुन्तै राखेर एम्बुलेन्स अस्पताल तिर दौडियो, तर स्थानीय भने रुल्ल न टुल्ल, एमुलेन्स अस्पताल तिर लागे लगतै प्रमिमाचोकमा १९ औं भुकम्प सुरक्षा दिवश लेखिएको ब्यानर टासियो, बल्ल पछि पो थाहा भयो यो भुकम्प सुरक्षाबारेको ड्रामा, ।


१९ औं भुकम्प सुरक्षा दिवश आज कालिकोटमा पनि विविध कार्यक्रमगरी मनाईएको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्काको अध्यक्षता जिल्ला विकास समितिका योजना अधिकृत पविता शाहीको प्रमुख आथित्यतामा आयोजित भुकम्प सुरक्षा दिवशमा भुकम्प सम्बन्धि सडक नाटक, विपद ब्यवस्थापन तथा उद्धार सम्बन्धि ड्रामा, भुकम्प सुरक्षा सम्बन्धी जनचेतनात्क लोकगित प्रस्तुत गरि मनाईएको हो ।

जिल्लामा कृयाशिल बिधिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुको समन्वय तथा जिल्ला दैबिक उद्धार समितिको आयोजनामा आयोजित सप्ताहब्यापी भुकम्प सुरक्षा दिवश आज एक कार्यक्रम गरी सम्पन्न गरिएको छ । 


भुकम्प सुरक्षा सम्बन्धि जनचेतनात्मक पमप्लेट वितरण एवं टास, विपद ब्यवस्थापन सम्बन्धि रेडियो सम्बाद, विद्यालय स्तरीय निबन्ध प्रतियोगिता लगायतका विभिन्न गतिविधिहरु संचालन गरी सुरु भएको १९ औं भुकम्प सुरक्षाको सप्ताहब्यापी दिबश आज थप सडक नाटक प्रस्तुत गरी सम्पन्न गरिएको हो ।

कुनै जानकारी विनै एक्कासी हुने प्राकृतिक प्रकोपबाट बच्न अपनाउनु पर्ने सतर्कता, बिपद पश्चात मानविय उद्धार बारे सर्बसाधारणलाई जानकारी गराउन भुकम्प सुरक्षा दिवश मनाईएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भएको छ ।


भुकम्प सुरक्षा सम्बन्धि सर्बसाधारणलाई जनचेतना जगाउन सप्ताह ब्यापीरुपमा संचालित विभिन्न कार्यक्रममा भाग लिई पैरवी गरेको भन्दै हुरेन्डेक, किर्डाक नेपाल कालिकोट लगायतका संघ संस्थाहरुले विद्यालयका भाईबहिनीहरुलाई पुरस्कृत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह