माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मानब तस्करमा संलग्न अभियुक्त १० बर्ष जेल चलान

६ माघ २०७३, बिहीबार ०९:५८

माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन्त्रणमा लिएका  बिचौलीयाहरु पछिल्लो समय धमाधम जिल्ला अदालत तौलिहवाले दोषि ठहर गरि जेल चलान गरेको छ । 

मिती २०७३ असार १२ गते  सल्यान हिलोन्च १ बस्ने बर्ष ३६ को बेल बहादुर बि.क ले बिभिन्न प्रलोभनमा पारी हंशपुर २ प्युठान बस्ने सिता नाम परिबर्तन र बाङ्गेशाल ६ प्युठान  बस्ने मुना नाम परिबर्तनलाई निकै चलाखीपुर्ण रुपले सिमा कटाउदै गर्दा संका लागी केआई नेपाल र नेपाल प्रहरीको टोलीले संकास्पद लागी नियन्त्रणमा लिएको थियो ।

अभियुक्तले  पिडीतहरुसंग  चिनजान गरि समय समयमा रिचार्ज गरिदिने काठमाण्डौ लगायत ३ ठाउमा घर भएको र भारतमा आपःनै कम्पनी भएको भनी बिभिन्न किसीमबाट प्रलोभनमा पारि तत्कालिन समयमा  सिमा कटाउन लागेको के.आई नेपालको जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।

सिमा कट्दै गर्दा नियन्त्रणमा लिर्ई मानब बेचबिखन तथा ओसार पोसारमा मुद्धा दर्ता गरि कानुनी प्रकृया अगाडी बढेको थियो । पिडीतको बयान र प्रहरिको अनुसन्धानलाई आधार मानी  मिती २०७३ पुष  ५ गते  बिशमंगल आत्रय  को इजलासले  अभियुक्त बेल बहादुर बि.क लाई १० बर्ष जेल सजाय र रु ५० हजार जरिबाना फैसला सुनाएको छ भने अर्कि घोराहि ११ दाङ्ग बस्ने देवा भन्ने सिता गिरीलार्ई  पनि मानब बेचबिखन तथा ओसार पोसार संलग्नताको आधारमा  बिशमंगल आत्रय  को इजलासले एक बर्ष  जेल र २५ हजार जरिबाना सहित फैसला गरेको छ । 

हाल पिडितहरु मध्ये ३ जना अभिभाबकसंग रहेको र एक जनाले के.आई नेपालको सुरक्षित गृहमा  राखि आत्मा निर्भरका लागी आयमुलक सिप सिकी पुन समुदायमा गएर ब्याबसाय गरेको के.आई नेपालका कपिलबस्तु जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह