दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीका द्धोय धनबहादुर प्रदेश नं. ६ का इन्चार्ज

७ माघ २०७३, शुक्रबार १५:४३


दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोलका नाममा कुनैपनि ब्यक्ति पछि पर्नु पर्दो रहेनछ भन्ने उदाहरण कर्नालीका द्धोय यूवा अभियान्ताले देखाउनु भएको छ । 

विगत नेपालमा बाहिसे चौविसे राज्यको एकिकरण पश्चात कर्नाली क्षेत्रका जनतालाई अन्य क्षेत्रका अगुवा तथा निकायहरुले तल्लो दर्जाको जनताको रुपमा हेर्ने दृष्टिकोणलाई चिर्दै कर्नालीका जुजारु यूवा नेता राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य द्धोय धन बहादुर नेपाल संघियराज्यको प्रदेश नं. ६ का संयोजकको रुपमा चयन हुनु भएको छ । कालिकोट जिल्ला रकु गाविस निवासी धन बहादुर बुढा र जुम्ला जिल्ला निवासी धनबहादुर थापा प्रदेश नं. ६ को संयुक्त संयोजकको रुपमा चयन हुनु भएको हो । 

२०४२ साल देखि राप्रविसंघबाट विद्यार्थी राजनीति सुरु गर्नु भएका कालिकोटका बुढा  राप्रविसंघको जिल्ला अध्यक्ष केन्द्रिय अध्यक्ष हुदै पार्टीको केन्द्रीय सदस्य भै प्रदेश नं. ६ को पार्टी संयोजकमा चयन हुनु भएको छ भने जुम्ला निवासी थापा तत्कालिन शाही कालका बेला जुम्ला जिल्लाको सभापति भै पार्टीको केन्द्रिय सदस्यमा सामेल हुनु भएको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयले हिजो ६ गते गरेको निर्णय अनुसार पार्टीका केन्द्रीय सदस्य द्धोय बुढा र थापालाई प्रदेश नं. ६ को संयोजकको रुपमा मनोनय गरिएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान तथा पार्टीको एकिकरण नीति र साधारणसभामा भएको ब्यवस्था अनुसार नेपालको संघियराज्यको प्रदेश नं. ६ को संयोजकको लागि केन्द्रीय सदस्य द्धोय बुढा र थापालाई संयुक्तरुपमा जिम्मेवारी तोकि केन्द्रीय अध्यक्ष कमल बहादुर थापाको हस्ताक्षर सहितको पत्र पठाईएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य