२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मरहा नदीको छेउमा जीवन जिउने सपना बुन्दै महिला

९ माघ २०७३, आईतवार ०९:३१

धनवीर महतो, माघ ९, महोत्तरी । मौसम परिवर्तनसँगै क्रमिक रुपमा बढ्दै गएको शीतलहर सहितको कठ्याङ्ग्रिँदो जाडोमा समेत महोत्तरीका महिला मरहा नदीमा दिनभरि नै नदीजन्य सामग्री सङ्कलन गर्नमा व्यस्त देखिन्छ । गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा प्रत्येक दिन बिहानदेखि साँझसम्म दर्जनौँ महिला हातमा साबेल र बालुवा गिट्टी चाल्ने जाली लिएर नदीजन्य पदार्थ सङ्कलन गर्दै आएका हुन् । 

गौशाला नगरपालिका—७ की ३५ वर्षीया कमलीदेवी साहले लुगलुग काम्ने जाडोमा पनि एकाबिहानै खाजा र दिउँसोको खानापानी लिएर नदीमा पुग्ने गरेको बताउँछिन । घरमा ताल्चा लगाएर स–साना बालबच्चासहित खोलामा दिनभरि नै काममा व्यस्त रहने उनी झम्मक साँझ परेपछि मात्र घर फर्किने गरेको सुनाइन्। 

ऐलानी जग्गामा घर बनाएर वर्षौंदेखि बसोबास गर्दै आएकी कमलीले हातमुख जोड्नका लागि अन्य उपाय नभेटाएपछि पेट पाल्नका लागि भए पनि खोलामा दिनभरि नै कडा परिश्रम गर्दै आएकी हुन् । चार दिनसम्म खोलामा दिनभरि पानीबाट ग्राभेल छान्दा बल्ल बालुवा, गिट्टी र ढुङ्गाबाट रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । एक त कामअनुसार दाम नहुने त्यसमाथि पनि व्यापारीले मोलमोलाइ गर्दा दुई–चार सय घटी नै हुने गरेको उनले सुनाइन् । 

नजिकै उच्च माविसम्मको विद्यालय सञ्चालन भएपनि कमलीका चार सन्तानमध्ये कुनैपनि पढ्न जाँदैनन् । कमलीजस्तै नदीजन्य पदार्थ सङ्कलन गर्दै आएकी गौशाला नगरपालिका—७ की ४० वर्षीया सुशीलादेवी महतोले खोलामा बाढी आउने तीन महिनासम्म काम गर्न नपाउँदा साहुसँग ऋण लिई घरपरिवार चलाउँदै आएको उनले सुनाइन् । 

१३ वर्षको उमेरदेखि खोलामै जीवन खोजिरहेका सुशीला भन्छिन्– “दिनभरि पानीबाट बालुवा छानेर जम्मा गर्छौं । कहिलेकाहीँ खोलामा आएको बाढीले बालुवा, गिट्टी बगाएर लान्छ,त्यतिखेर गरिबको आँखाबाट आँसु खस्छ । आँसु पुछिदिनेवाला कोही हुँदैन ।” बर्सातमा काम नपाएर साहुसँग ऋण गरेर खाने सुशीला एक्ला पात्र होइनन् । उनीजस्ता अनेक छन् जो खोलामा बालुवा चालेर जीवन जीउने सपना देख्ने गर्दछन् । 

“बर्खामा साहुसँग लिएको ऋण तिर्दा र हातमुख जोड्न खाना जुटाउँदैमा कमाएको रुपैयाँ ठिक्क हुन्छ,” साबेल चलाउँदा—चलाउँदै पट्पटी फुटेको हत्केला र बालुवाले फुटेको कुर्कुच्चा देखाउँदै शिलाकुमारी साहले भनिन्, “परिवारलाई एक गाँस खाना जुटाउने धुनमा हामी हाम्रो पीडालाई भुल्छौँ । राति सुत्ने बेलामा कुर्कुच्चाको दुखाइले राम्रोसँग सुत्न पाउँदैनौँ ।” 

स्थानीय जिवछी सदा मुसहरका अनुसार बालुवा छान्न दिनभरि नै मिहेनत गर्नुपर्दछ । अनि मात्र केही रुपैयाँ आम्दानी हुन्छ जसले जसोतसो घर परिवार चलाउनुपर्छ । खोलामा बालुवा चाल्न गरिबका बालबालिका अझ पनि स्कुल जान पाएका छैनन् । उनीहरु अभिभावकसँग खोलमै बालुवा गिट्टी चालेर दिन बिताउँछन् । बस्तीको छेउमै त्रिभुवन उच्चमावि गौशाला हुँदा पनि उनीहरु गरिबीकै कारण पढ्न पाएका छैन । 

खोलामा बलुवा चाल्ने गरिब बालबालिका देशका कर्णधार र वर्तमानका हकदार गरिब तथा विपन्न वर्गका बालबालिका शिक्षामा पहुँचमा आउन नसकेको स्थानीयवासी रामबाबु यादवले बताए । बालुवा चाल्नेको आफ्नो घर नभएकाले उनीहरुमध्ये अधिकांशले गौशाला बजारमा घर भाडामा लिएर बस्दै आएको यादवले जानकारी दिनुभयो । उनीहरुमध्ये अधिकांश परिवारका बच्चाको जन्मदर्ता, अभिभावकको विवाह दर्ता, नागरिकता नरहेको स्थानीयवासी चाँदनीकुमारी महतोले बताइन् । 

गरिबका बालबालिका विद्यालय भर्नाको समयमा उनीहरु सबै विद्यालय आए पनि विद्यालयमा टिक्न नसकेको गौशाला स्रोत केन्द्रका स्रोतव्यक्ति दीपक बरालले बताए । उनका अनुसार अहिले पनि त्यस समुदायका बच्चाको नाम विद्यालयमा छ । तर ती बच्चालाई अभिभावकले पढ्न नपठाई आफ्ना सहयोगीका रुपमा दिनभरि नै आफूसँग काममा लगाउँदै आएको स्रोतव्यक्ति बरालको भनाइ छ । 

गौशाला स्रोत केन्द्रका अनुसार यस क्षेत्रका ३५ वटा विद्यालयका ११ हजार बालबालिकामध्ये अझै पनि ६६० विद्यार्थी विद्यालय बाहिरै छन् । उनीहरुमध्ये सबै दलित, गरिब तथा विपन्न वर्गका बालबालिका हुन् । महोत्तरीका अझै पनि गरिब तथा विपन्न समुदायका झन्डै ३० हजार बालबालिका गरिबीका कारणल स्कुल बाहिरै रहेको तथ्याङ्क छ । गौशाला वरपरका अल्पसङ्ख्यक मुसहर, पासमान, साह, डोम जस्ता एक सय ५० घरघुरीका गरिब तथा विपन्न मरहा खोलामा नदीजन्य पदार्थ सङ्कलन गरेर कष्टपूर्ण तरिकाले गुजारा चलाउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान