दलसिंह गिरी/माघ १०, कालिकोट । महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख सिता थापालाई आफु सरुवा भएर अनेत्र जादा कार्यालयमा रहेका अन्य भ्रष्ट कर्मचारीहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ १०, कालिकोट । महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख सिता थापालाई आफु सरुवा भएर अनेत्र जादा कार्यालयमा रहेका अन्य भ्रष्ट कर्मचारीहरु"/>

2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भ्रष्ट कर्मचारीहरु आफैँसंग लैजान महिला सहकारीका अध्यक्षको आग्रह


दलसिंह गिरी/माघ १०, कालिकोट । महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख सिता थापालाई आफु सरुवा भएर अनेत्र जादा कार्यालयमा रहेका अन्य भ्रष्ट कर्मचारीहरु संगै लिएर जान कर्नाली महिला बचत तथा ऋण सहकारीका अध्यक्ष विरुभारतीले आग्रह गर्नु भएको छ । 

महिला तथा बालबालिका कार्यालयबाट आर्थिक बर्ष २०६८/०६९मा संचालित गरिवी विरुद्ध कार्यक्रममा करिव ८ लाख २५ हजार बरावरको बस्तुगत टेवाको सामानहरु बुझिलिएको भनि आफ्नो नाममा किर्ते हस्ताक्षर सहित तत्कालिन महिला अधिकृत लगायत अन्य कर्मचारीहरुले रकम हिनामिनागरेको र यसको छानविनको लागि अक्तियार सम्म पुग्दा पनि कुनै सुनुवाई नभएकाले अहिले कार्यरत महिला अधिकृतले यसको सहि निचोड नल्याए सम्म सरुवा नहुन आग्रह गर्नु भएको हो । यदि यसको टुंगो नलागी सरुवा हुनेहो भने कार्यालयका अन्य भ्रष्टकर्मचारी समेत आफैसंग लैजान आग्रह गर्नु भएको छ ।

महिला तथा बालबालिका कार्यालयबाट संचालित चालु आर्थिक बर्ष २०७३÷०७४को कार्यक्रमहरुको पहिलो र दोश्रो चौमासिकमा संचालन भएका कार्यक्रमहरुको गतिविधि बारे आइतवार भएको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै महिला सहकारीका अध्यक्ष भारतीले किर्तेजालसाझी गर्ने प्रमुख तथा अन्य कर्मचारीलाई कार्वाहि गर्नुको साटो उल्टै अक्तियारले समेत ब्यवास्था गरी मन्त्रालय तथा विभागले भ्रष्टाचारीलाई प्रमोशन गरी सरुवा गराएको भन्ने हल्ला सुनिन आएकाले यसको यथार्थ पुष्ट्याई नभए सम्म बर्तमान कार्यालय प्रमुखलाई सरुवा नमाग्न आग्रह गर्नु भएको छ । रकम अनियमितता बारे छानविन नभएसम्म सरुवा मागियो भने महिला तथा बालबालिका कार्यालयमा ताला लगाई हजारौं महिला जिल्ला प्रशासनमा धर्नादिन बाध्य हुने समेत चेतावनी दिनु भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय कालिकोटको समन्वय एवं आयोजनामा संचालित महिला तथा बालबालिका कार्यालयको सार्बजनिक परिक्षण कार्यक्रममा बोल्दै महिला अधिकृत थापाले आफु यो जिल्लामा आउदा यहाका स्थानीय राजनैतिकदल तत्कालिन प्रमुख जिल्ला अधिकारी नागरिक समाजका अगुवाहरु संग संयुक्त भेला बसी पहिलेको कार्यालय प्रमुखहरुले गरेका कामको कुनै जिम्मेवार नरही आफ्नो कार्यकालको काममा मात्र गर्न सर्बसहमतले निर्णय भएकाले विगतका कुरालाई जोडेर म माथि दोस नथुपार्न आग्रह गर्नु भएको छ ।

सार्वजनिक परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्काले यस्ता घटनाहरुबारे आफुभन्दा माथिल्लो निकायमा पुगी सकेकाले यसबारे आफु र आफु मातहतको निकायले कुनै केही गर्न नसक्ने धारणा राख्नु भएको छ । महिला विभागले समेत तत्कालिन आरोपी कर्मचारी र घटनाबारे कुनै छानविन प्रक्रिया अगाडी नबढाई कर्मचारीको सरुवा तथा बढुवा गर्ने काम गरिसकेकाले आफुले केही भन्न नसक्ने जवाफ दिनु भएको छ ।

निमित्त स्थानीय बिकास अधिकारी चक्र बहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागिहरुले अहिलेको महिला अधिकृतले मेहनतका साथ प्रभावकारी कार्यक्रम परिचालन गरी जिल्लामै पहिलोचोटी सहि र पार्दर्शी ढंगले सार्बजनिक परिक्षण गरेको भन्दै प्रशंसा सहित सधन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल