माधव बेल्वासे, माघ १०, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले पाल्पा दोबान बस्ने एक किशोरिलाई उद्धार गरेको छ । किशोरी भारतको पन्जाब जान लागेको र साथमा बाबु नाता बताउने पुर्ण बहादुर दर्जी रहेका थिए ।
संकास्पद लागी के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले सोधपुछ गर्दा बाबु छोरी हौ भनि वयान दिएका थिए । बयानमा बाबु छोरिको कुरा मिले पनि दुबैको नागरिकता हेर्दा किशोरिको नागरिकतामा बाबुको नाम हरि बहादुर दर्जि देखिए पछि थप अनुसन्धानका लागी ईलाका प्रहरि कार्यलय कृष्णनगर बुझाएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।
बाबुले छोरी भारत तर्फ जान लागेको र सिमा सम्म पुःयाउन आएको बयान दिएकोले थप अनुसन्धान गर्नु परेको र नागरिकता अनुसार साथमा भएको ब्याक्ति आफ्नो बुबा नभएको कारण र हरि बहादुर दर्जिसंग सम्पर्क हुन नसकेको कारण जिल्ला प्रहरिकार्यलय पाल्पामा थप अनुसन्धानको लागी पठाएको ईलाका प्रहरि कार्यलय कपिलबस्तुका कार्यलय प्रमुख सञ्जय रिजालले बताए । रिजालका अनुसार नागरिकता पाल्पामा जारि भएको हुदा थप अनुसन्धान गर्न पठाएको बताए ।
नेपाल प्रहरि र के.आई नेपालको संयुक्त प्रयासमा धेरै किशोरी तथा महिला उद्धार गरिएको छ जसमा दाङ्ग रामपसर ८ का दुई किशोरि बाबु आमा कसैलाई थाहा नदिई भारतको दिल्ली जादै गर्दा के.आई नेपाल र नेपाल प्रहरिले उद्धार गरेको छ,त्यस्तै धनगढी २० कैलालीकी एक किशोरी लाई पनि उद्धार गरेको छ ,कपिलबस्तु बाणगंगाकी एक किशोरीलाई अभिभाबकको जिम्मा लगाएको छ । भने बयरबन ८ मोरङ्ग घर हुने एक किशोरीलाई पनि अभिभाबक संग सल्लाह नगरि दिल्ली जान लागेको हुदा के.आई नेपालल कपिलबस्तुले उद्धार अभिभाबकको जिम्मा लगाएको संयोजक बिशकर्माले बताए ।