माघ १०, जनकपुर । धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।  

ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, जनकपुर । धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।  

ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दि"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

अढाई वर्षकी छोरीसहित श्रीमती वेपत्ता, विदेशमा रहेका श्रीमान् तनावमा

१० माघ २०७३, सोमबार १२:५४

माघ १०, जनकपुर । धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।  

ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो छोरीलाईसँगै लिएर घरभन्दा केही पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारीलाई खोजदिन अस्थायी प्रहरीचौकी बटेश्वरमा निवेदन दिएको उहाँले बताउनुभयो ।

बुहारी र नातिनी पाँच दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । वेपत्ता निर्मलाका श्रीमान् श्रवण साह लहेरी वैदेशिक रोजगारीको शिलशिलामा तीन वर्षदेखि खाडी मुलुक साउदी अरेवियामा छन् । निर्मलाकी ६ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । श्रीमती र छोरी वेपत्ता भएपछि श्रीमान् श्रवण विदेशमा तनावमा छन् ।  

उहाँले  विदेशबाट फोन गरी श्रीमती र छोरीलाई कसैले अपहरण गरेको हुन सक्ने शंका व्यक्त गर्नुभयो । उहाँले केही दिनअघि एकजना मोटरसाइकलमा सवार व्यक्तिले केही कुरा भनेपछि श्रीमती निर्मलाले एक झापड हिर्काएकी बताउनुभयो । 

त्यहि अपरिचित व्यक्तिले निर्मलालाई अपहरण गरेको हुन सक्ने भएकाले खोजविन गरिदिन सबै पक्षसँग आग्रह गर्नुभयो । श्रवणले ७ वर्षअघि भारतको पञ्जाबमा कामको शिलशिलामा जाँदा प्रेम विवाह गरी निर्मलालाई ल्याउनु भएको थियो । 

यता बटेश्वर प्रहरी चौकीले निर्मलाका ससुराले निवेदन दिएको र आमा छोरीको खोज तलास गरिरहेको जनाएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह