दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम "/>

2026-09-15 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटन विकासका लागि कलमी आन्दोलन थाल्ने अगुवा पत्रकारको भनाई


दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम चलाउन आजको आवश्यकता रहेको कालिकोटका अगुवा पत्रकारहरुले बताउनु भएको छ । 

कर्नाली प्राकृतिक सम्पदा, सास्कृतिक सम्पदा, धार्मिक सम्पदाको भण्डारण भएकाले अब यसको प्रबर्धन गरी कर्नालीलाई समृद्ध बनाउन पैरवीभूमिकाको रुपमा कलम चलाउन आजको आवश्यकता रहेको अगुवा पत्रकारहरुले बताउनु भएको हो ।

बेष्ट कर्नाली मिडिया प्रालि कालिकोटको आयोजना नेपाल पत्रकार महासंघ कालिकोट समन्वय तथा नेपाल पर्यटनबोर्ड भृकुटीमण्डप काठ्माण्डौंको सहयोगमा आयोजित पर्यटन पत्रकारीता कार्यशालामा बोल्दै प्रेस सेन्टर प्रदेश नं. ६ का सहसचिव अशोक कुमार सिंहले अबको पत्रकारीता पर्यटन ब्यापार भएकाले कलमी अभियान आजको आवश्यकता रहेको बताउनु भएको छ । यस्तै प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराईले अब बाह्य पर्यटनहरुको प्रमुख गन्तब्य कर्नाली रहेको बताउदै कर्नालीको विकास तथा यसको प्रबर्धनका लागि कर्नालीका पत्रकारहरुले कलमी आन्दोलन आजको आवश्यकता रहेको बताउनु भएको छ । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि विश्व चिनाउने कर्नाली गुमनाम रहेको बताउदै भट्टराईले अब कर्नालीको पहिचान र यहाको सम्भावनाकाबारे पत्रकारहरु प्रतिवद्ध हुनु पर्ने बताउनु भएको छ ।

यसै गरी नेपाल पत्रकार महासंघ कालिकोटका सल्लाहकार एवं कान्तिपुर दैनिकका उपसम्पादक तुलाराम पाण्डेले समाजरुपान्तरणको एक प्रमुख कारक संचार मिडिया रहेकाले स्थानीय मिडियाले समाज रुपान्त्रण र राष्टिय मिडियाले राज्यको नीति निर्माणमा पैरवी गर्ने भएकाले अब कर्नालीमा पर्यटन ब्यवसायको सम्भावनाबारे कलम चलाई राज्यलाई घचघच्याउनु पर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यशाला कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कर्नालीमा बाह्य पर्यटन भित्राउने प्रमुख आधार भनेको प्राकृतिक, धार्मिक, सास्कृतिक, कृषि र विगतको द्वन्द्वक्षेत्र रहेकाले यसका बारेमा समुदाय देखि राज्यस्तर सम्म सूसुचित गराउन कलमी अभियान पत्रकारको रहेकाले सबै पत्रकार एक भएर लाग्ने प्रतिवद्धता समेत गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ