दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटन विकासका लागि कलमी आन्दोलन थाल्ने अगुवा पत्रकारको भनाई

१० माघ २०७३, सोमबार १४:२८


दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम चलाउन आजको आवश्यकता रहेको कालिकोटका अगुवा पत्रकारहरुले बताउनु भएको छ । 

कर्नाली प्राकृतिक सम्पदा, सास्कृतिक सम्पदा, धार्मिक सम्पदाको भण्डारण भएकाले अब यसको प्रबर्धन गरी कर्नालीलाई समृद्ध बनाउन पैरवीभूमिकाको रुपमा कलम चलाउन आजको आवश्यकता रहेको अगुवा पत्रकारहरुले बताउनु भएको हो ।

बेष्ट कर्नाली मिडिया प्रालि कालिकोटको आयोजना नेपाल पत्रकार महासंघ कालिकोट समन्वय तथा नेपाल पर्यटनबोर्ड भृकुटीमण्डप काठ्माण्डौंको सहयोगमा आयोजित पर्यटन पत्रकारीता कार्यशालामा बोल्दै प्रेस सेन्टर प्रदेश नं. ६ का सहसचिव अशोक कुमार सिंहले अबको पत्रकारीता पर्यटन ब्यापार भएकाले कलमी अभियान आजको आवश्यकता रहेको बताउनु भएको छ । यस्तै प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराईले अब बाह्य पर्यटनहरुको प्रमुख गन्तब्य कर्नाली रहेको बताउदै कर्नालीको विकास तथा यसको प्रबर्धनका लागि कर्नालीका पत्रकारहरुले कलमी आन्दोलन आजको आवश्यकता रहेको बताउनु भएको छ । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि विश्व चिनाउने कर्नाली गुमनाम रहेको बताउदै भट्टराईले अब कर्नालीको पहिचान र यहाको सम्भावनाकाबारे पत्रकारहरु प्रतिवद्ध हुनु पर्ने बताउनु भएको छ ।

यसै गरी नेपाल पत्रकार महासंघ कालिकोटका सल्लाहकार एवं कान्तिपुर दैनिकका उपसम्पादक तुलाराम पाण्डेले समाजरुपान्तरणको एक प्रमुख कारक संचार मिडिया रहेकाले स्थानीय मिडियाले समाज रुपान्त्रण र राष्टिय मिडियाले राज्यको नीति निर्माणमा पैरवी गर्ने भएकाले अब कर्नालीमा पर्यटन ब्यवसायको सम्भावनाबारे कलम चलाई राज्यलाई घचघच्याउनु पर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यशाला कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कर्नालीमा बाह्य पर्यटन भित्राउने प्रमुख आधार भनेको प्राकृतिक, धार्मिक, सास्कृतिक, कृषि र विगतको द्वन्द्वक्षेत्र रहेकाले यसका बारेमा समुदाय देखि राज्यस्तर सम्म सूसुचित गराउन कलमी अभियान पत्रकारको रहेकाले सबै पत्रकार एक भएर लाग्ने प्रतिवद्धता समेत गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह