दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापन"/>
2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जल कचहरीमा उठे पानी हैन, बानीका कुरा

दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापनका लागि जिल्लाका सरोकारवाला जल कचहरीमा जुट्न थालेका छन् । 

बढ्दो जलबायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्दै जानु, जनसंख्या बृद्धि, बन फडानी जस्ता विबिध कारण पानीको प्रयाप्तता घट्दै गएपछि जिल्लाका सरोकारवाला जल कचहरीमा जुटेका हुन् ।

नेपालकै सबैभन्दा लामोको रुपमा लिईने नदी कर्नालीको हुम्ला कर्नाली र तिला कर्नाली कालिकोट भुभागमा बगेपनि यसको सदुपयोगको लागि राज्यले दिर्धकालिन उपाय नअपनाउनु, जिल्लाका पहाडी तथा हिमाली भेगबाट बगेर आउने खोला खोल्सेराका मुहानहरु सुक्दै जानुकासाथै सिचाई योग्य जमिनहरु सिचाई विना बाझोहुन थालेपछि जिल्लाका सरोकारवाला यस्ता सवालका बारेमा छलफलमा जुट्न थालेका छन् ।

जलश्रोतको अवस्थाबारे जिल्लामै पहिलो पटक जल कचहरीको आयोजना गरी खानेपानी तथा सरसफाई सम्बन्धि काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय जिल्लाका क्रियाशिल राजनैतिक दल नागरिक समाजका अगुवाहरु जलबायु परिवर्तन संगै बढ्दो पानीको हाहाकारका बारेमा छलफलमा जुटका हुन् ।

जल सुरक्षा सबैको सरोकार भन्ने भुल नाराका साथ यहि बुधबार जिल्ला सदरमुकाम मान्ममा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति द्धारा जल सुरक्षाका सवाल, चुनौति र अवसरका विषयमा छलफल गरिएको छ । 

खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका जिल्ला संयोजक एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यतामा आयोजित जल कचहरीमा उपस्थित सरोकारवालाहरुले पानीका लागि बानीको ब्यवस्थापन गर्न पहिलो आवश्यकता रहेको बताएका छन् । 

जिल्लामा ब्यवस्थापनका लागि करोडौका आयोजनाहरु संचालन भएपनि समुदाय तथा सरोकारवालाहरुमा अपनत्वको भावनाको कमीका जलश्रोत ब्यवस्थापनमा समस्या आएको भन्दै कचहरी कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।

करिव ५ घण्टा सम्म संचालित जलकचहरीमा उपस्थित सरोकारवालाहरुले अन्तत प्रभावकारी जलश्रोत ब्यवस्थापनका लागि ५ बुदे लिखित प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । जलकचहरी कार्यक्रमको सहजिकरण किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले गर्नु भएको थियो भने यसको सहयोग वाटरएडले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय