१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भण्डारीद्वारा मुसहर बस्तीमा श्रमदान गर्न अपिल

१८ माघ २०७३, मंगलवार ०३:१५

माघ १८, बर्दिवास । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गर्न आम समुदायसँग अपिल गर्नुभएको छ । 

राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी रहनुभएका अध्यक्ष भण्डारीले सोमबार औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय एकतालाई बल पु¥याउने धुर्मुस–सुन्तलीको बस्ती बनाउने अभियानलाई सघाउन जनश्रमदानका लागि सार्वजनिक अपिल गर्नुभएको हो । 

धुर्मुस–सुन्तलीले काभ्रेपलाञ्चोक जिल्लाको पहरी बस्ती तथा सिन्धुपाल्चोकको गिरानचौर बस्ती निर्माणको काम सकेर महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा झर्नुले हिमाल, पहाड र तराईबीच एकताको सन्देस दिएको अध्यक्ष भण्डारीको भनाइ छ । 

अझ महोत्तरीको कामका लागि सबै अवसरबाट पछि परेका मुसहर समुदायको बस्ती छान्नु सबै क्षेत्र, भाषाभाषी र समुदायप्रतिको सम्मानका रुपमा ग्रहण गरिनुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । 

राम्रो काममा सहयोग जुटाउनु गर्नेलाई प्रोत्साहन र लक्षित वर्गलाई फाइदा हुने भएकाले सबैले सकेको सहयोग धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने अध्यक्ष भण्डारीको अपिल छ । 

“हाम्रो पार्टीको महोत्तरी जिल्ला शाखाले पार्टीका सबै समितिमा आबद्ध सदस्यलाई एक दिन एकीकृत नमुना मुसहर बस्ती निर्माण कार्यमा श्रमदान गर्नुपर्ने निर्णय गरेका छौँ” अध्यक्ष भण्डारीले भन्नुभयो–, “धन हुनेले धनबाट, मन हुनेले मनबाट र सिप हुनेले श्रमबाट बस्ती निर्माणमा सहयोग गरौँ ।”

फागुन पहिलो साताभित्रै आफ्नो श्रमदान गर्ने टोली एकीकृत नमुना मुसहर बस्तीको परियोजनास्थल पुग्ने भण्डारीले जानकारी दिनुभयो । 

यसैबीच, बस्ती निर्माण भइरहेको परियोजना स्थलमा सोमबार न्यानो स्पर्स संस्था र बर्दिवासस्थित जनसेवा अस्पतालले बस्ती निर्माणमा जुटेको जनशक्तिलाई भइपरि आउने प्राथमिक उपचारमा आवश्यक पर्ने औषधि प्रदान गरेका छन् । परियोजनास्थलमा विभिन्न क्षेत्रका व्यक्तित्व आउनु भई सहयोग पु¥याई रहनुभएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिनुभयो । 

फाउन्डेसनले ५० परिवार मुसहरका लागि नमुना बस्ती निर्माण गरेर आउने नयाँ वर्षका दिन हस्तान्तरण गर्ने यसअघि नै जनाइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह