दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली"/>
2026-07-11 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कांग्रेसले ‘कर्णाली जाग’ अभियान पुन: सुरु गर्यो: सभापती बम

2017-01-31

दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली कांग्रेसका जिल्ला सभापति हर्ष बहादुर बमले बताउनु भएको छ । 

आज पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै जिल्लाको समग्र विकासमा नेपाली कांग्रेसले खेलेको भूमिका बारे यस्तो कुरा बताउनु भएको हो । तिन दशक पहिले जिल्लामा छिटो र छरितो यात्रा गर्न सहज पुर्याउने उद्देश्यले सुरु गरिएको कोटवाडाको सुनथराली विमान स्थल अहिले कांग्रेसी मन्त्रिकै पालामा सम्पन्न हुने तयारीमा रहेको बताउदै यस्ता महत्वकांक्षी गौरवका भौतिक योजनाहरु कांग्रेसले अगाडी बढाएको बमले जिकिर गर्नु भएको छ । 

यस्तै चिन र भारत स्थलगत ब्यापार विस्तार गर्ने प्रमुख ब्यापारीक नाकाको रुपमा रहेको रुपैडिया हिल्सा सडक खण्ड अन्तर्गत कर्नाली नदीको खुलालुमा बिगत ६ बर्ष पहिले उद्घाटन गरिएको पक्कीपुल निर्माण कार्य सुचारुका लागि पहिलेको टेण्डर रद्ध गरी फेरी कांगेसी मन्त्रीको पालामा निर्माण कार्य सुरु भैसकेकाले केही महिनामै पुल निर्माण कार्य सम्पन्न हुने बमले बताउनु भएको छ । 

जिल्लाको हरेक विकासी योजनामा आफ्नो पार्टीले विशेष ध्यान दिएकाले जिल्लाको  स्वास्थ्य स्तरको उन्नती देखि सडक संजाल विस्तार सम्म हरेक विकासमा कर्नाली जाग अभियान आफ्नो पार्टीले सुरु गरेको जिकीर गर्नु भएको छ । 

कांग्रेस विना देशले मुहार फेर्न सक्दैन भन्ने कुरा २०७२ को संविधान घोषणाले पुष्टीगरेको बताउदै बमले अब कर्नालीलाई समृद्ध बनाउन नेपाली कांग्रेसको कर्नाली जाग अभियान सार्थक बन्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या