दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कांग्रेसले ‘कर्णाली जाग’ अभियान पुन: सुरु गर्यो: सभापती बम

१८ माघ २०७३, मंगलवार १३:०८

दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली कांग्रेसका जिल्ला सभापति हर्ष बहादुर बमले बताउनु भएको छ । 

आज पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै जिल्लाको समग्र विकासमा नेपाली कांग्रेसले खेलेको भूमिका बारे यस्तो कुरा बताउनु भएको हो । तिन दशक पहिले जिल्लामा छिटो र छरितो यात्रा गर्न सहज पुर्याउने उद्देश्यले सुरु गरिएको कोटवाडाको सुनथराली विमान स्थल अहिले कांग्रेसी मन्त्रिकै पालामा सम्पन्न हुने तयारीमा रहेको बताउदै यस्ता महत्वकांक्षी गौरवका भौतिक योजनाहरु कांग्रेसले अगाडी बढाएको बमले जिकिर गर्नु भएको छ । 

यस्तै चिन र भारत स्थलगत ब्यापार विस्तार गर्ने प्रमुख ब्यापारीक नाकाको रुपमा रहेको रुपैडिया हिल्सा सडक खण्ड अन्तर्गत कर्नाली नदीको खुलालुमा बिगत ६ बर्ष पहिले उद्घाटन गरिएको पक्कीपुल निर्माण कार्य सुचारुका लागि पहिलेको टेण्डर रद्ध गरी फेरी कांगेसी मन्त्रीको पालामा निर्माण कार्य सुरु भैसकेकाले केही महिनामै पुल निर्माण कार्य सम्पन्न हुने बमले बताउनु भएको छ । 

जिल्लाको हरेक विकासी योजनामा आफ्नो पार्टीले विशेष ध्यान दिएकाले जिल्लाको  स्वास्थ्य स्तरको उन्नती देखि सडक संजाल विस्तार सम्म हरेक विकासमा कर्नाली जाग अभियान आफ्नो पार्टीले सुरु गरेको जिकीर गर्नु भएको छ । 

कांग्रेस विना देशले मुहार फेर्न सक्दैन भन्ने कुरा २०७२ को संविधान घोषणाले पुष्टीगरेको बताउदै बमले अब कर्नालीलाई समृद्ध बनाउन नेपाली कांग्रेसको कर्नाली जाग अभियान सार्थक बन्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन