दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्"/>

2026-09-15 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली रैथाने बालीको आक्रात्मक रुपले माग बढ्दो


दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्षण तथा प्रवर्धन गर्न आवाज उठिरहेका बेला नेपाल खाध्य संस्थाले यसको बजार प्रवर्धनका लागि स्थानीय बाली खरिद गरी बाह्य जिल्लाहरुमा विक्रि वितरण गर्न थालेको छ । 

नेपाल खाध्य संस्थानको खरिद अभियान अनुसार कालिकोट जिल्लाबाट आचु आर्थिक बर्ष २०७३/०७४को पौष मसान्त सम्ममा मात्र करिव १ सय क्वीन्टल फापर र करिव १ सय ७० क्वीन्टल सिमि खरिद गरी बाह्य जिल्लामा निर्यात गरेको जिल्ला खाध्य संस्थानका प्रमुख अनिल कुमार श्रेष्टले बताउनु भएको छ ।

कर्नालीको स्थानीय रैथाने बालीको बजार प्रबर्धन गरी उत्पादनमा कृषकहरुलाई उत्प्रेरित गराउने उद्देश्यले संस्थानले यस्तो अभियान थालेको श्रेष्टले बताउनु भएको हो । जिल्लामा उत्पादित २ वटा बाली फापर र सिमीमा फापर प्रति केजी ८० रुपैया र सिमी प्रति केजी १ सय २५ रुपैयामा खरिद गरी बाह्य जिल्लामा निर्यात गर्ने काम भएको श्रेष्टले बताउनु भएको छ ।

यता जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाबाट निर्यात हुने सिमी र फापरहरुमा यो बर्ष के कति निर्यात भयो यसबारे एकिन तथांक नआईसकेको जनाएको छ । गत बर्षको तथांक अनुसार फापर १५ क्वीन्टल र सिमी करिव २० क्वीन्टल बाह्य जिल्लामा निर्यात भएको बताउदै जिल्ला कृषि विकास कार्यालयका बाली फोकल कल बहादुर शाहीले यस्तो कुरा बताउनु भएको हो ।

विशेष जिल्लामा उत्पादन हुने फापर खिन, धौलागोह, फोइमहादेव, राचुली चिलखाया लगायतका क्षेत्रमा उत्पादन हुने गरेको र सिमी जिल्लाका प्राय सबै गाविसमा उत्पादन हुने गरेको शाहीले बताउनु भएको छ । 

सिमी र फापर बाली कर्नाली बाहेक अन्य जिल्लामा उत्पादन हुने भएपनि कर्नालीमा उत्पादन अर्गानिक हुने भएको भन्दै काठमाडौं, पोखरा लगायतका सहरहरुमा यसको माग ह्वात्तै बढेको बाली फोकल शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ