दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी"/>

2026-10-31 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एचआईभि संक्रमण न्यूनिकरणमा संक्रमित शाहीनै अग्रसर


दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी नियन्त्रण अभियानमा लाग्नु भएको छ । 

१३ बर्ष पहिले आफु ज्वरोले थलापरि उपचारको शिलशिलामा काठ्माण्डौंमा चेकजाच गर्दा एचआईभी संक्रमण बारे थाहापाई विरक्तिएका शाही केही बर्षको कैलाली बसाई पछि अहिले कालिकोटमा एचआईभी न्युनिकरण अभियानमा लाग्नु भएको हो । 

कैलालीमा एचआईभी संक्रमीतहरुको बाकी जिवन शुखमय जिउन पृष्टपोषण गर्दै आएको नबकिरण प्लस संस्था जिवनमा केही गर्नपर्छ भन्ने प्रेरणा पाएका शाही २०६५ मा कालिकोट आई कर्नाली प्लस संस्था दर्ता गरी बैधानिक ढंगले अभियान थालेको बताउनु हुन्छ ।

संस्था संचालनको आठ बर्षको प्रियटमा कुनै कतैबाट एचआईभी संक्रमण न्यूनिकरण अभियानका बारे सहयोग तथा हौसला नपाए पनि आफ्नै ब्यक्तिगत प्रयासमा लालुका केही एचआइभी संक्रमितहरुलाई एआरटी सेवनको लागि सुर्खेत नेपालगंज सम्म लगेर उपचार गराउने काम गरेको बताउनु हुन्छ । उपचार गराईरहेका मध्य ४ जनाको मृत्यु भैसके पनि अन्य भने औषधी सेवन गरिरहेका र उनीहरुको स्वास्थ्य स्थीति राम्रो रहेको शाही बताउनु हुन्छ ।

आज जिल्ला सदरमुकाम मान्ममा आयोजित एचआईभी न्युनिकरण सम्बन्धि जिल्ला स्तरीय सरोकारवालाहरु संगको समन्वययात्क बैठकमा बोल्दै शाहीले विगत बर्ष कर्नाली प्लस अभियान संचालनका लागि कुनै सयोग र हौसला नपाएपनि अहिले राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल काठ्माण्डौंको सहयोगमा कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको छ ।

एचआईभी संक्रमितहरुको जिबनस्तर माथि उकास्न, एचआईभीबाट बच्ने उपाय तथा संक्रमण न्यूनिकरणका लागि जनचेतनामुलक अभियान संचालन गर्नेगरेको बताउदै शाहीले यो अभियानलाई सार्थक तुल्याउन सम्पूर्ण सरोकारवाला निकायहरुले आआफ्नो क्षेत्रबाट सक्दो सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ । 

कर्नाली प्लसका अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अजिर आलमको प्रमुख आथित्यता जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुको उपस्थितिमा आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले एचआईभी न्यूनिकरण अभियानमा आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगमा प्रतिवद्ध रहेको जनाएका छन् । 

समन्वययात्मक बैठकको औचित्यबारे प्रकाश पार्दै  संस्थाका प्रशासकिय अधिकृत दिपक शाहीले स्वास्थ्य जाचमा आएका मध्य हाल जिल्लामा ३५ जना एचआईभि संक्रमित रहेको जसमा १९ जना महिला १५ जना पुरुष र एक जना ८ बर्षिया बालिका रहेको बताउनु भएको छ । 

खुलेर स्वास्थ्य जाच गर्न आउन हिचकीचावटका कारण जिल्लामा यथार्थ तथांक आउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख आलमले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय