दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स"/>
2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्णखोप अभियानमा चुनौति भौगोलिक विकटता र अशिक्षा

दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौषल अलीले बताउनु भएको छ । कालिकोट तथा कर्नालीको भौगोलिक विकटता तथा ब्याप्त अशिक्षाका कारण यो अभियान सम्पन्न गर्न चुनौति थपिएको बताउनु भएको हो । 

जिल्ला सदरमुकाम मान्ममा सोमवार आयोजित जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा बोल्दै प्रमुख अलिले पूर्ण खोप क्षेत्र घोषणाका लागि देखापरेका चुनौतिका विच पनि सरकारले थालनी गरेको निर्देशनात्मक अभियान सफल पार्न कालिकोटमा कार्ययोजना सहितको रणनैतिक अभियान सुरुगरिएको बताउनु भएको छ । 

पूर्ण खोप अभियानका लागि जिल्लामा थालिएको कामको अवस्थाबारे बताउदै जिल्ला स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका फोकलपर्शन रविन्द्र सेजुवालले हाल जिल्लाका ६ वटा गाविस दाहाँ, राचुली, कुमालगाउँ, गेला, जुविथा र कालिका मुग्राहालाई पूर्ण खोप गाविस घोषणा गरिसकेको र अब तत्काल चैत्र सम्ममा फेरी ५ वटा गाविस छाप्रे, रुप्सा, फुकोट, कोटवाडा र चिलखायालाई घोषणा गर्ने गृहकार्य भैरहेको बताउनु भएको छ ।

तत्काल यहि फागुनमै घोषणाका लागि तयारी अवस्थामा रहेका छाप्रे र रुप्सा गाविसका स्तरीय सरोकारवालाहरुले गरेको निर्णय अनुसार पूर्ण खोपको अवस्था र आवश्यक सुचकहरुबारे पूर्ब स्थलगत अनुगमन लागि आयोजित समन्वयात्मक बैठकमा राखिएको अनुगमन प्रश्तावबारे छलफल गर्दै समितिले यहि पहिलो हप्ता भित्रै स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

खोप समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यता आयोजित बैठकमा जिल्लामा कृयाशिल राजनैतिक दल, पत्रकार नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ