2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अभियानलाई सार्थक तुल्याउन अन्तरक्रिया

दलसिंह गिरी | फागुन २, कालिकोट | आयोडिन युक्त नुन खाऔं मानसिक फुर्ति र शारीरिक शक्ति बढाऔं भन्ने मुल नाराका साथ नेपाल सरकारले अभियानकै रुपमा थलेको एक महिने आयोडिन प्रचार अभियानलाई सार्थक तुल्याउन कालिकोटमा अन्तरक्रिया गरिएको छ । आयोडिनको कमीले मानिसमा देखिने लाटो, लठेब्रो, गलगाड, बामपुट्के, शारीरिक अपांगता जस्ता रोगहरुको नियन्त्रण तथा निर्मुलका लागि थालिएको जागरणमुलक अभियानलाई सार्थक तुल्याउन अन्तरक्रिया गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा आयोजित अन्तरक्रियामा बोल्दै सहभागी सरोकारवालाहरुले आयोडिन सम्बन्धि जागरण अभियान एउटा स्वास्थ्य सस्थाले मात्र एकल अभियान थाल्लु भन्दा शिक्षाका निकाय, स्थानीय निकाय, स्वास्थ्य संग सम्बन्धित कुनै गैर सरकारी निकाय लगायतका सरोकार राख्ने निकाय तथा ब्यक्तिहरुसंग समयन्वय गरी आयोडिन कमीले पार्ने असर र यसको आवश्यकता आयोडिन पाउने श्रोतबारे ब्यापक जनचेतनात्मक अभियान अगाडी बढाउनु पर्ने धारणा राखेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौषल अलिको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यतामा आयोजित अन्तरक्रियामा सहजिकरण गर्दै जिल्ला स्वास्थ्यका आयोडिन फोकल पर्शन कटक महतले आयोडिनको कमीले विगतका बर्षहरुमा देखिएका रोगहरु केही कम हुदै गएपनि यसलाई नियन्त्रण मात्र हैन निर्मुलै पार्न आयोडिन नियमित र नभईनहुने तत्व भएको बताउनु भएको छ । यसका लागि आयोडिन पाईने एकमात्र साधन २ बालबालिकाको चिन्न भएको पोका नुन सम्पूर्ण समुदाय, घरपरिवार, गर्भवती महिला तथा बालबालिकाहरुले खानामा प्रयोग गर्न महतले आग्रह गर्नु भएको छ ।

फेबु्रअरी १ अर्थात माघ १७ देखि फागुन १७ गते सम्म संचालित आयोडिन जागरण अभियानलाई सार्थक बनाउन सम्पूर्ण सरोकार निकाय, नागरिक समाज संचार मिडियाहरुलाई प्रचार प्रशारात्मक जागरणमा लाग्न आग्रह समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ