दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अनिश्चितकालिन आन्दोलनले आर्थिक बिकास समितिलाइ धक्का

४ फाल्गुन २०७३, बुधबार ११:४३


दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको आर्थिक विकास समितिको बैठक विषय बस्तुमा छलफलै नगरी स्थगित भएको छ । 

जिल्ला परिषद पूर्व तयारीका लागि गठित विभिन्न ५ वटा समिति मध्य आजबाट सुरु हुन लागेको आर्थिक विकास समितिको बैठक स्थानीय कर्मचारी हकहित संरक्षणको आन्दोलनका कारण स्थगित भएको हो । 

आज दिउसो साढे १ बजे देखि सुरुहुने भनिएको बैठक समयमै सुरु भएपनि आफ्ना मागहरु प्रति राज्यले आफ्ना मागहरु प्रति ब्यवास्था गरेको भन्दै चणरबद्ध आन्दोलनमा उत्रिएका स्थानीय कर्मचारी हकहित संरक्षणका पदाधिकारीहरुले बैठक स्थलमा आई धर्ना दिन थालेपछि कुनै विषय बस्तुमा प्रबेशै नगरी बैठक स्थगित भएको छ ।

स्थानीय कर्मचारी हक हित संरक्षणका जिल्ला संयोजक राज बहादुर बम सहितको टोली आई आर्थिक विकास समिति संग आफुले उठाएका मागहरु कर्मचारीको हितको लागि मात्र नभै समग्र समुदायको हितको निम्ती उठाएकाले आन्दोलनलाई सार्थक तुल्याई दिन अनुरोध गरेपछि, आर्थिक विकास समितिका संयोजक एवं माओवादी केन्द्रका दिनेश चदाराले केही दिनका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको छ । 

यहि फागुन २९ गते हुने २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी समिति अन्तर्गत जिल्ला विकास समितिले आर्थिक विकास समितिको बैठक ४ र ५ गते, बन तथा बाताबरण समितिको बैठक ६ गते, सामाजिक विकास समितिको बैठक ७ र ८ गते, भौतिक पूर्वाधार विका समितिको बैठक ९ र १० गते, सुशासन तथा संस्थागत विकास समितिको बैठक ११ गते बस्ने कार्यतालिका तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन