फागुन १०, कपिलवस्तु । गाउँ घर तिर प्रहरि भनेपछि डराउने चलन रहेको छ । वाटोका प्रहरि हिडिरहेको देखे पनि डराएर घर भित्र जाने चलनले प्रहरि नागरिक संग नजिक वन्न सकेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, कपिलवस्तु । गाउँ घर तिर प्रहरि भनेपछि डराउने चलन रहेको छ । वाटोका प्रहरि हिडिरहेको देखे पनि डराएर घर भित्र जाने चलनले प्रहरि नागरिक संग नजिक वन्न सकेको"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

साइकल चलाउँदै प्रहरी गाउँगाउँमा किन जान्छन ?

२०७३, १० फाल्गुन मंगलवार ११:५१

फागुन १०, कपिलवस्तु । गाउँ घर तिर प्रहरि भनेपछि डराउने चलन रहेको छ । वाटोका प्रहरि हिडिरहेको देखे पनि डराएर घर भित्र जाने चलनले प्रहरि नागरिक संग नजिक वन्न सकेको छैन । त्यसमा पनि आमावुवाले वालवच्चालाई गालि गर्दा ‘तलाई पुलिस वोलाएर पिट्न लगाउछु’ भन्ने गरिन्छ तर यसले वालवालिको मानिसिकतामा प्रहरिले पिट्ने वाहेक हरु केहि गर्दैन भन्ने सोच रहने गर्दछ । पहिला अभिभावक सचेत हुनुपर्ने देखिन्छ ।

प्रहरि गाउघरमा जादा डराउएर लुक्ने जस्ता कार्यले प्रहरिले उपराधि र दोषिलाई कारवाहिको दायरामा ल्याउन ग्राहो हुने गरेको प्रहरिको भनाई छ । कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको वडा प्रहरि कार्यलय चन्द्रौटा ले पछिल्लो समयमा प्रहरिको गाउ अभियान सन्चालन गरेको छ । 

वडा प्रहरि कार्यलय चन्द्रौटा का प्रहरि जवानहरु साइकलमा विभिन्न गाउमा पुग्ने गर्दछन । यस अभियानले प्रहरि र नागरिक विचको सवन्ध वनाउने र गाउ घरमा लुकेर रहेका घटनाहरु वाहिर निस्कने  समेत अपक्षा रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले वताए ।

४ जवानहरु साइकलमा भित्रि गाउमा पुग्ने र त्यहाका गाउलेहरु सग विच कुराकानि समेत गर्ने वताए । यसले प्रहरि साथि सरहको मान्छे हुन भन्ने प्रमाणित गर्नको लागि यो अभियान सन्चालन गरेको निरिक्षक भट्टराईले वताए । 

नागरिक र प्रहरि विचको सवन्ध नङ र मासुको जस्तो हुनुपर्ने भन्दै सो अभियान सुरु गरिएको थियो । दैनिकि जवानहरुलाई निरिक्षक भट्टराईको निर्देशन वमोजिम छुट्टा छुट्टै गाउमा पुग्ने वताइएको छ ।नागरिक र प्रहरिको सवन्ध अहिलेको आवश्यता रहेको र यो अभियान ले पुर्ण सफल भईने निरिक्षक भट्टराईले विश्वास व्याक्त गरे । कपिलवस्तु जिल्लाको चन्द्रौटा आसपासमा विगतका दिन  चोरि,लुटपाट,हत्या वलत्कार लगाएतका घटनाहरु सार्वजनिक भएका थिए ।

यस्ता घटनाहरुको अनुसन्धान गर्न पनि यस अभियानले सहयोग गरेको प्रहरिले जनाएको छ ।प्रहरि निरिक्षक भट्टराईका अनुसार यस अभियान सुरु गरेपछि कतिपय साना घटनाहरु गाउ घरमा मिलाउन सकेको वताए । प्रहरि गाउ गाउमा आउन थालेपछि प्रहरि सग को सवन्ध नजिकिदै गएको र सर्वसाधारण हरुको मनमा डर समेत हटेको स्थानियहरुको भनाई छ । नागरिकाहरुले आफ्नो सुरक्षाको पनि महशुस गर्न थालेका छन । प्रहरि गाउ गाउमा पुग्दा किन यसरि हिडेका होलान भन्ने नागरिक को मन रहने गर्दछ । 

तर चौपारिमा वसि ति  प्रहरि सग कुरा  गर्दा प्रहरि पनि हामि जस्तौ त रहेछन भन्ने सोच्न थालेका छ । चेतना र शिक्षाबाट माथी उठ्न जर्मक गदै गरेको समाजमा प्रहरी निरिक्षक झविन्द्र भट्राई ले सर्वसाधरण संग समवन्य मात्र नगरि उनले स्थानिय राजनितिक दल विभिन्न संघ संस्था र संचारक्रमी संगको समवन्यलाई प्रभाकारी बनाउदै लगेका छन ।

गाउ अभियानकै क्रममा मुटु नै बिझाउने फाल्गुण २ गते स्थानिय ६ वर्षिय बालिकालाई बलात्कार पछि हत्या गरी नदिमा फालिकाएको घटनामा प्रहरी निरीक्षक भटटराईले घटनाका दोषिलाई घटना घटेको ३ घण्टा वित्न नपाउदै पक्रिएर कानुनको दायरमा ल्याउन सफल बनेका छन । यसकारण पनि यस क्षेत्रमा नागरिकले अपराधिले सजाय पाउनेमा ढुक्क रहेका छन । 

तस्विर: कपिलवस्तुको विकट ठाउँ शिवराज नगरपालिका २ मदवामा वडा प्रहरि कार्यलय चन्द्रौटामा जवानहरुको गस्ती ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना