१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मोटरसाइकलको ठक्करले एकको मृत्यु

१३ फाल्गुन २०७३, शुक्रबार ०५:०२

फागुन १३, धनुषा । मोटरसाइकलले ठक्कर दिँदा गएराति जनकपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ । 

पुरोहित्याइँ कार्य गर्दै आएका उनी आफ्नो जजमानको घरमा पूजा गराउन साइकलमा सवार भई जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले घाइते उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अभिनित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर