दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जि"/>

2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

किशोर किशोरीका लागि सम्भव, २० गाविसमा विस्तार


दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जिल्ला थप १० वटा गाविसमा आफ्नो कार्यक्रम विस्तार गरेको छ । 

दश वटा गाविसमा काम गर्दै आइरहेको परियोजनाले परियोजनाको प्रभावकारीता र जिल्लाका सरोकारवालाहरुको रायसूझाबका आधारमा थप १० वटा गाविसमा आफ्नो कार्यक्रम विस्तार गरेको हो ।

जिल्ला परियोजना समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको संयोजकत्वमा आज जिल्ला सदरमुकाम मान्ममा आयोजित परियोजनाको परियोजनात्मक कार्यशाला गोष्ठीमा  जिल्लाका थप १० गाविस खिन, धौलागोह, थिर्पू, मान्म, भर्ता, गेला, पाखा, छाप्रे, राचुली र जुविथाका मावि विद्यालयमा कार्यक्रम विस्तार गरिएको बताउदै किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले यो परियोजनाले विद्यालयमा रहेका किशोर किशोरीहरुको क्षमता विस्तार तथा नेतृत्व विकासमा टेवा पुगाएको बताउनु भएको छ ।

यूनिसेफ नेपालको आर्थिक सहयोग रेसलेस डेप्लोमेण्टको प्राविधिक सहयोग तथा किर्डाक नेपालको सहजिकरणमा संचालित परियोजनाले सिमान्तकृत बर्गका किशोरकिशोरीलाई नियमित विद्यालयमा उपस्थिति गराउने तथा उनीहरुलाई सामाजिक समाबेशीकरणमा अग्रसर गराउने, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने खालका कार्यक्रम संचालन गरिरहेको रेसलेस डेप्लोमेण्टका प्रतिनिधि निराजन चौधरीले बताउनु भएको छ । 

सम्भव परियोजनामा रेसलेसले गरेको प्राविधिक सहयोग बारे प्रकास पार्दै चौधरीले यस्तो बताउनु भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यता, डिसपी योगेन्द्र कुमार खड्काको विशेष आथित्यता आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णु तिवारी, निमित्त महिला विकास अधिकारी सविता राणा, आरआरएनका जिल्ला संयोजक लिलाराज न्यौपाने, पत्रकार महासंघका उपाध्यक्ष पवित्र कुमार शाही लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि पत्रकार नागरिक समाजको उपस्थितिमा संचालित परिचयात्मक कार्यक्रमको सहजीकरण किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले गर्नु भएको छ । यसै गरी परियोजनाबारे परियोजना संयोजक मनलाल जैसीले प्रकास पार्नु भएको छ भने कार्यक्रमको शुभकामना परियोजना अधिकृत सिता नेपालीले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय