पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित/फागुन २२, सिरहा । सिरहामा स्वास्थ्यकर्मीको आन्दोलनका कारण एक लाख ३२ हजार ३६ बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् ।

राज्यले आफ्नो मागको सम्वोधन नगरेकाले समयमै पोलियो थोपा खुवाउन नसकिएको स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक यादवले जानकारी दिए । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी आन्दोलनमा रहेका सिरहाका स्वास्थ्यकर्मीले सम्पूर्ण सेवाहरु बन्द गरी धर्नामा रहेकाले आफूहरुले सरकारले तोकेको समयमा पोलियो थोपा खुवाउन नसकिएको अध्यक्ष यादवले बताए ।

आइतबार केन्द्रिय स्तरको ट्रेड युनियनले मानवअधिकार र बालबालिकाका सवालमा लचक भई आन्दोलनमै रहेर पोलियो थोपा खुवाउन अनुरोध गरेपछि हामी आन्दोलनमै रहेर सोमबारदेखि बालबालीकालाई पोलियो थोपा खुवाउने अध्यक्ष यादबले बताए ।

सरकारले पोलियो थोपा खुवाउन छुटेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित तराइका १५ जिल्लामा शनिवार र आईतबार पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउन आव्हान गरिएको भएपनि सिरहामा स्वास्थकर्मीका आन्दोलनका काराण पोलियो थोपा खुवाएको छैन ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका खोप अधिकृत शिवचन्द्र ठाकुरले मंगलबार सम्ममा कोही बालबालिका नछुट्ने गरी खोप खुवाउने बताए ।