माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपि"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

१०७औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम चन्द्रौटामा सम्पन्न

२०७३, २३ फाल्गुन सोमबार १२:४५


माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । प्रत्येक वर्ष ८ मार्चका दिन श्रमिक महिला दिवश मनाउने गरिन्छ । 

जिल्ला अदालतमा महिला सम्वन्धि घरेलु हिंसा ०७२ साउन देखि ०७३ फागुन सम्ममा ४० वटा मुद्धा रहेको र त्यसमा २० वटा फैसाल भएको,जवरजस्ति करणि ३३ वटामा २४ वटा फैसाला भएको,मानव वेचविखन मुद्धा १३ वटामा १० वटा फैसाला  भएको,फास्टट्याक मुद्धा  ४७ वटा रहेकोमा २४ वटा फैसाल भएको भएको मानव अधिकार निगरानि संयोजक माया ज्ञावलि ले कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यपत्रमा जिल्ला प्रहरि कार्यलयमा आ व ०७२।७३ मा २ सय ३७ उजुरि दर्ता भएको र आव ०७३।७४को माघ सम्म १ सय ६७ उजुरि दर्ता भएको उल्लेख गरिएको छ ।

कपिलवस्तृ जिल्लामा १४ दिन भित्रमा चार वटा बलात्कारका जस्ता जघन्य अपराधका घटना निरन्तर घटदै आईरहेका छन । पकडी, चन्द्रौटा, पटना, हर्दौनाका घटना स्मरण नै छन जस मध्ये ६ वर्षिय निर्दोष वालिकाले ज्यानै समेत गुमाउनु परेको छ ।यस्ता दर्दानकजन्य बलात्कार जस्ता जघन्य अपराध दिनानुदिन वढदै गईरहेका छन । यस्ता अपराध वा हिंसा बढदै जानु र अपराधीहरुले संरक्षण पाउनाले नागरिकहरुको सुरक्षाको स्थिति दिन प्रति दिन नाजुक हुदै गएको छ । नागरिकका मानवीय हक अधिकारहरु खोसिनु र अपहरण हुनु समुहिक बलात्कार हुनु, बालिकाको हत्या गरिनु जस्ता अपराधहरु आज सामान्य र स्वभाविक घटना जस्ता भएका छन । यस्ता घटनाले आमनागरिकमा सुरक्षा प्रतिकोे अनुभुति कमजोर बन्दै गएको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।

महिलाहरु माथी हुने विभिन्न घाटना तथा हिंसा गर्नेलाई कानुनी दयारामा ल्याउने तथा दण्ड सजाय दिलाउना सध्रै अगाडी रहने प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । केहि दिन अगाडि चन्द्रौटामा ६ वर्षिय वालिकाको वल्तकार पछि हत्या भएको थियो यस्ता अपराधिलाई कडा कारवाहि नगरे आगामि दिनमा पनि यस्ता घटना दोहोरिने महिला अधिकारकर्मि मिना परियारले वताईन । कार्यक्रममा महिलाहरुको अवस्थाको कार्यपत्र महिला अधिकारकार्मी माया ज्ञावालीले प्रस्तुत गर्नु भएको थियो ।विभिन्न विद्यालयका विद्यार्थिहरुले महिला हिंसा विरुद्धका नाटक समेत प्रस्तुत गरेका थिए ।कार्यक्रम वाट महिला हिंसा विरुद्धमा काम गर्दै आएका हरुलाई सम्मान गरिएको छ ।

 दियालो नेपालकि अध्यक्ष कमला भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख अतिथ्याता रहेको थियो । विशिटि अतिथिमा इलाका प्रशासन चन्द्रौटाका प्रमुख मेघनाथ पाध्य, प्रहारी उपारिक्षक भेजजंग शाह अतिथिहरुमा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपास्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा