दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयो"/>

2026-07-24 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

समुदायको पहरेदार स्थानीय यूवाहरु हुन्: प्रजिअ सुबेदी

दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गिरधारी सुबेदीले बताउनु भएको छ । 

कुनै पूर्व जानकारी विनै अकस्मात हुने विपदमा उद्धारका लागि स्थानीय युवाहरु तत्कालै सक्रिय रहने भएकाले समुदायको पहरेदार युवारहेको बताउनु भएको हो । उच्च जोखिममा रहेका जिल्लाका २ वटा गाविस लालु र माल्कोटका स्थानीय विपद ब्यवस्थापन कार्यदलका युवाहरुलाई दिईने ३ दिने खोज तथा उद्धार तालिमको उद्घाटन सत्रमा बोल्दै सुबेदीले कालिकोटको भौगोलिक अवस्था र बाताबरणिय परिवेश अनुसार अकस्मात हुने बिपद न्यूनिकरण गर्न प्रारम्भिक उद्धार समुदाय रहेकाले समुदायलाई यसबारे पूर्ण जानकारी गराउन आवश्यक रहेको बताउनु भएको छ ।

सामुदायिक विकास कार्यक्रम कालिकोटका जिल्ला संयोजक लिलाराज न्यौपानेको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल रेटक्रस सोशाईटी शाखा कालिकोटका अध्यक्ष बल प्रसाद संज्यालले विपद न्यूनिकरणका ३ वटा चरणहरु विपद पूर्व तयारी, प्रतिकार्य र पुनरनिर्माण विपद उत्थानशिल समाज निर्माणको पहिलो आधार रहेकाले यसको प्रभावकारिताका लागि पहिला समुदायलाई सशक्त बनाउनु पहिलो आवश्यकता रहेको बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा आज बाट ३ दिन सम्म संचालन हुने खोज तथा उद्धार तालिममा सहजिकरण गर्न सशक्त प्रहरी बल मध्यपश्चिम क्षेत्रबाट आउनु भएका इंस्पेटर धन बहादुर सिंहले विपदको पहिलो उद्धारकर्मी भनेको स्थानीय समुदाय रहेकाले जोखिम न्यूनिकरणका लागि समुदायलाई सशक्त बनाउन हाम्रो पहिलो दायित्व रहेको बताउनु भएको छ ।

तिन दिन सम्म हुने तालिममा उद्धारमा अपनाउनु पर्ने तरीका काम र चरणहरुबारे शैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिने प्रतिवद्धता समेत गर्नु भएको छ । चन्द्रसूर्य होटलको सभाहलमा आज विहान बाट सुरु भएको तालिमको उद्घाटन प्रमुख अथिति सुबेदीले पानसमा बत्तीबालेर उद्घाटन गर्नु भएको छ भने तालिम २ वटा गाविस लालु र माल्कोटका करिव २५ जना सहभागि रहनु भएको छ । तालिमको आयोजना सामुदायिक विकास कार्यक्रमले गरेको छ भने यसको प्राविधिक सहयोग शसक्त प्रहरी बल विपद ब्यवस्थापन तालिम केन्द्र कुरिन्टारले गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक