2026-10-31 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बन्दका कारण कपिलवस्तु पूर्ण प्रभावित

फागुन २५, कपिलवस्तु । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको दोस्रो दिन कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । 

बन्दकर्ताले बिहानैदेखि तौलिहवा र आसपासका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प रहेको छ । यसैगरी तौलिहवा जितपुर, कृष्णनगर चन्द्रौटा, तौलिहवा लुम्बिनी सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । 

बन्दकर्ताहरुले प्रमुख ठूला तीन दल विरोधी नारावाजी गर्दै सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन गरेका छन् । बन्दका कारण तौलिहवा, कृष्णनगर, चन्द्रौटा, बहादुरगन्ज, महाराजगन्ज, पकडीलगायतका बजार पूर्णरुपमा बन्द छन् । 

मोर्चाको बन्दले दुवै दिन कृष्णनगर भन्सार कार्यालय र सुठौली छोटी भन्सार नाकाबाट आयात निर्यात कार्य ठप्प हुँदा राजस्व सङ्कलन हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय