दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

जिल्लामा हुने बालविवाह, बालश्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

जिल्लामा हुने बालविवाह, बालश्र"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा बालहिंसा हुन नदिन प्रहरीको निगरानी

२७ फाल्गुन २०७३, शुक्रबार ०८:४२


दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

जिल्लामा हुने बालविवाह, बालश्रम, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भएको हो । बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त योजना निर्माणका सम्बन्धमा बसेको प्रहरीकार्यालय, बालबालिका संग काम गर्ने दातृ निकाय तथा संघसंस्था जिल्ला बालकल्याण समिति विच त्रिपक्षीय छलफलमा जिल्ला प्रहरी कार्यालयले यस्तो प्रतिवद्धता गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्र कुमार खड्काको अध्यक्षता जिल्ला बाल कल्याण समितिका अध्यक्ष लाल व मल्ल, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक बिजय बिश्वकर्मा, कार्यक्रम अधिकृत बाले बिश्वकर्मा,  शिक्षा अधिकृत प्रमोद न्यौपाने  किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, पत्रकार महासंघका अध्यक्ष कालिबहादुर मल्ल लगाएत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिमा जिल्लामा बालहिंसाको अवस्थाबारे ब्यापक छलफल भएको छ ।

दिनभर सम्म भएको छलफलबाट प्रहरी नायव निरीक्षक दुण्डीराज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय बालहिंसा न्यूनिकरण सम्बन्धि ५ वर्षे रणनितिक योजना निर्माण समिति समेत गठन गरिएको छ । जसमा सदस्य सेभ द चिल्ड्रेनका बाले बिश्वकर्मा, महिला बिकास अधिकृत सविता राणा लगात रहेको छन् । उक्त समितिले एक महिना भित्र मस्यौंदा समेत तयार पारी सक्ने निर्णय समेत गरिएको छ ।

यस्तै अब हुने स्थानीय तहको निर्वाचनमा कुनैपनि राजनैतिकदलहरुले चुनावी प्रचारप्रशारको लागि बालबालिका प्रयोग गर्न सक्ने सम्भावनालाई मध्यनजर गरी चुनावी गतिविधिभर यसको निगरानी राख्न जिल्ला प्रहरी कार्यालयले आफु मातहतका निकायलाई सर्कुलर गराउने, सेभ द चिल्ड्रेन र किर्डाक नेपाल मार्फत परिचालन स्थानिय श्रोत ब्यक्तिहरुले स्थानिय स्तरमा हुने बालबालिका सम्बन्धि घटना तथा समस्या म्यासेज मार्फत प्रहरी नायव उपरिक्षकलाई जानकारी गराउने जस्ता विबिध निर्णय गरिएको छ ।

यस्तै बालअधिकार संरक्षण र प्रबद्र्धनका लागि सेभ द चिल्ड्रेनको साझेदारीमा जिल्ला प्रहरी कार्यालय मार्फत मातहतका प्रहरी चौकीमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुलाई २ दिने तालीम संचालन गर्ने, बालविवाहलाई न्युनीकरण गर्नका लागि प्रहरीहरु मार्फत स्थानिय स्तरमा हुन लागेका बालविवाहमा निगरानी बढाउने जस्ता सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने जस्ता निर्णयहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य