दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

जिल्लामा हुने बालविवाह, बालश्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

जिल्लामा हुने बालविवाह, बालश्र"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा बालहिंसा हुन नदिन प्रहरीको निगरानी

२०७३, २७ फाल्गुन शुक्रबार ०८:४२


दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

जिल्लामा हुने बालविवाह, बालश्रम, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भएको हो । बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त योजना निर्माणका सम्बन्धमा बसेको प्रहरीकार्यालय, बालबालिका संग काम गर्ने दातृ निकाय तथा संघसंस्था जिल्ला बालकल्याण समिति विच त्रिपक्षीय छलफलमा जिल्ला प्रहरी कार्यालयले यस्तो प्रतिवद्धता गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्र कुमार खड्काको अध्यक्षता जिल्ला बाल कल्याण समितिका अध्यक्ष लाल व मल्ल, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक बिजय बिश्वकर्मा, कार्यक्रम अधिकृत बाले बिश्वकर्मा,  शिक्षा अधिकृत प्रमोद न्यौपाने  किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, पत्रकार महासंघका अध्यक्ष कालिबहादुर मल्ल लगाएत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिमा जिल्लामा बालहिंसाको अवस्थाबारे ब्यापक छलफल भएको छ ।

दिनभर सम्म भएको छलफलबाट प्रहरी नायव निरीक्षक दुण्डीराज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय बालहिंसा न्यूनिकरण सम्बन्धि ५ वर्षे रणनितिक योजना निर्माण समिति समेत गठन गरिएको छ । जसमा सदस्य सेभ द चिल्ड्रेनका बाले बिश्वकर्मा, महिला बिकास अधिकृत सविता राणा लगात रहेको छन् । उक्त समितिले एक महिना भित्र मस्यौंदा समेत तयार पारी सक्ने निर्णय समेत गरिएको छ ।

यस्तै अब हुने स्थानीय तहको निर्वाचनमा कुनैपनि राजनैतिकदलहरुले चुनावी प्रचारप्रशारको लागि बालबालिका प्रयोग गर्न सक्ने सम्भावनालाई मध्यनजर गरी चुनावी गतिविधिभर यसको निगरानी राख्न जिल्ला प्रहरी कार्यालयले आफु मातहतका निकायलाई सर्कुलर गराउने, सेभ द चिल्ड्रेन र किर्डाक नेपाल मार्फत परिचालन स्थानिय श्रोत ब्यक्तिहरुले स्थानिय स्तरमा हुने बालबालिका सम्बन्धि घटना तथा समस्या म्यासेज मार्फत प्रहरी नायव उपरिक्षकलाई जानकारी गराउने जस्ता विबिध निर्णय गरिएको छ ।

यस्तै बालअधिकार संरक्षण र प्रबद्र्धनका लागि सेभ द चिल्ड्रेनको साझेदारीमा जिल्ला प्रहरी कार्यालय मार्फत मातहतका प्रहरी चौकीमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुलाई २ दिने तालीम संचालन गर्ने, बालविवाहलाई न्युनीकरण गर्नका लागि प्रहरीहरु मार्फत स्थानिय स्तरमा हुन लागेका बालविवाहमा निगरानी बढाउने जस्ता सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने जस्ता निर्णयहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ