दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित सम"/>

2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अभिभावक शिक्षा कार्यक्रमको समापन संगै नयाँ कार्यक्रमको उद्घाटन


दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित समयावधी सकिए संगै प्रारम्भिक बालबिकासमा साक्षरता तथा पूर्ण गणित अवधारणा सम्बन्धि सिप कार्यक्रमको उद्घाट गरिएको छ । 

५ बर्ष मुनिका बालबालिकाहरुमा बानीको बिकासका लागि पैरवी गर्ने उद्देश्यले जिल्लाका १६ वटा गाविसमा संचालित कार्यक्रम आफ्नो लक्ष्य प्राप्ति गर्न तयार योजना अनुसार अभिभावक शिक्षा कार्यक्रम सकिए संगै तत् कार्यक्रमको उद्घाटन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालयको सहकार्यमा संचालित कार्यक्रम सन २०१८ सम्म संचालन हुने र विशेषगरी बालबालिकाहरुको क्षमता विकास, पूर्व बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरुको सिप विकास, बालबालिकाहरुलाई विद्यालय तयारीका लागि प्रारम्भिक साक्षरता तथा गणितीय अवधारणा सम्बन्धि क्षमता अभिबृद्धि जस्ता विभिन्न कृयाकलापहरु गरिने सेतो गुरासका जिल्ला कार्यक्रम संयोजक हुकुम शाहीले बताउनु भएको छ ।

सेतो गुरास बालबिकास सेवा कालिकोटका अध्यक्ष मिठ्ठु शाहीको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीको प्रमुख आथित्यता, जिल्ला स्थीति विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाजको उपस्थितिमा संचालित अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले बालबालिकाहरुको क्षमता विकासका लागि सेतो गुरासले संचालन गरेका कार्यक्रम प्रभावकारी देखिएको बताउदै यस्ता कार्यक्रम अन्य निकायद्धारा पनि संचालन गरेका देखिएकाले डुब्लीकेशनबाट सजक रहन सुझाब दिएका छन् ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तथा जिल्ला तहका सम्पूर्ण सरोकारवाला निकाय संग समन्वय गर्न अनिवार्य आवश्यकता रहेको सहभागीहरुले सुझाब दिएका छन् । बालबिकासको सवालमा संस्थाले गरेका गतिविधिहरुबारे प्रकाश पार्दै कार्यक्रम संयोजक शाहीले हाल जिल्लाका १६ वटा गाविसका १ सय २० वटा बालबिकास केन्द्रमा काम गरिरहेको, गरिब २ हजार ७ सय ४७ अभिभावकहरुलाई बालबालिकाको क्षमता विकासबारे शैद्धान्तिक तथा ब्यवहारीक ज्ञान प्रदान गराएको कार्यक्रम संचालित धेरै जसो बालबिकास केन्द्रको स्तर उन्नतीमा टेवा पुगेको लगायतका विबिध प्रगतिहरु प्रस्तुत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ