2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकारीता पेशामा नामी कम बदनामी बढी: केन्द्रीय सदस्य गिरी

दलसिंह गिरी/फागुन ३०, कालिकोट ।  कालिकोटमा कन्दरा पत्रिकाबाट उदय भएको कालिकोटको पत्रकारीतामा अवसर भन्दापनि चुनौति बढी थपिएको प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गिरीले बताउनु भएको छ ।  कर्णालीमै कन्दरा पत्रिकाबाट उदय भएको पत्रकारीता हाल आएर दर्जनौं दर्जन बढी छापा तथा विद्युतीय संचार स्थापना भै नयाँ युवापिढीहरुले पत्रकारीता गर्ने अवशर पाएपनि यसको सहि प्रयोग र कार्यान्वय हुन नसक्दा अवसर भन्दापनि चुनौती बढी रहेको बताउनु भएको हो । 

प्रगतिशिल पत्रकार संघ नेपाल कालिकोटले जिल्ला सदरमुकाममा आयोजना गरेको “स्थानीय पत्रकारीता, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरीले पत्रकारको हितमा काम गर्ने छाता संगठन पत्रकार महासंघमा समाचारको नाममा कलमै नचलाउने मानिसहरुलाई विगतका बर्षहरुमा पत्रकारको सदस्यता प्रदान गरी भर्तीकेन्द्र जस्तो भएका कारणले पनि महासंघले पत्रकारको हितमा काम गर्न नसक्दा नामि भन्दा पनि बदनामी बढी भएको आरोप लगाउनु भएको छ । बदनामी आरोपको प्रदाफास गर्न अब हुने चौथो अधिबेशनले सहि नेतृत्व अगाडी आउन आजको आवश्यकता रहेको बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका सल्लाहकार एवं कान्तिपूरका उपसम्पादक तुलाराम पाण्डेले पत्रकार विकासको विशुद्ध संगठन नेपाल पत्रकार महासंघले निस्कृय पत्रकारहरुको सहि ब्यवस्थापन गरी सक्रिय पत्रकारहरुलाई आफ्नो पेशामाथिको गौरवता दिलाउने खालको बाटो देखाउन नसक्दा अनेत्रबाट हरेक आरोप खेप्न परेको बताउनु भएको छ । अवको महासंघ नेतृत्वको आकांक्षा ब्यक्त गर्दै पाण्डेले अबको महासंघमा नेतृत्व पाए पत्रकारिताको सुदृढिकरण र पत्रकारहरुको क्षमता विकास अवसरको उचित ब्यवस्थापनमा आफ्नो पहिलो भूमिका रहने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।

यसैगरी स्थानीय पत्रकारीताको अवस्थाबारे आफ्नो धारणा राख्दै प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराईले सानो भूभागमा धेरै पत्रकारहरु कलमकै भरमा अगाडी बढ्न ठूलो चुनौति रहेपनि यस्ता चुनौतिको सामना गर्ने बाटाहरुको नीतिगत खोजी पत्रकारहरुको बैधानिक संगठन पत्रकार महासंघले गर्नु पर्नेहो तर यसो नभएको आरोप लगाउनु भएको छ । बिशुद्ध पत्रकारीता पेशालाई मर्यादित बनाउन सुदृढीकरणको नाममा विगतका बर्षमा धेरै अभियान संचालन भएपनि अभियानलाई सार्थक तुल्याउन अभिन्ता नै स्वयम बेवारीसे रहदा अभियान अभियानकै रुपमा सिमित रहेको बताउनु भएको भयो ।

प्रगतिशिल पत्रकार संघ कालिकोटका अध्यक्ष मनिराज पाण्डेको अध्यक्षतामा संचालित अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी कालिकोट अध्यक्ष पवित्र कुमार शाही, प्रेस युनियनका कार्यवाहक अध्यक्ष विष्णु प्रसाद न्यौपाने, रेडियो चंखेलीका विश्वनाथ सिमखाडा, रेडियो नयाँ कर्नालीका प्रेमराज सिमखाडा, रेडियो नेपालका जिल्ला प्रतिनिधि अनन्त बराल लगायतले कालिकोटमा पत्रकारिताको सवालका बारेमा आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ