२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकारीता पेशामा नामी कम बदनामी बढी: केन्द्रीय सदस्य गिरी

३० फाल्गुन २०७३, सोमबार १४:५२

दलसिंह गिरी/फागुन ३०, कालिकोट ।  कालिकोटमा कन्दरा पत्रिकाबाट उदय भएको कालिकोटको पत्रकारीतामा अवसर भन्दापनि चुनौति बढी थपिएको प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गिरीले बताउनु भएको छ ।  कर्णालीमै कन्दरा पत्रिकाबाट उदय भएको पत्रकारीता हाल आएर दर्जनौं दर्जन बढी छापा तथा विद्युतीय संचार स्थापना भै नयाँ युवापिढीहरुले पत्रकारीता गर्ने अवशर पाएपनि यसको सहि प्रयोग र कार्यान्वय हुन नसक्दा अवसर भन्दापनि चुनौती बढी रहेको बताउनु भएको हो । 


प्रगतिशिल पत्रकार संघ नेपाल कालिकोटले जिल्ला सदरमुकाममा आयोजना गरेको “स्थानीय पत्रकारीता, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरीले पत्रकारको हितमा काम गर्ने छाता संगठन पत्रकार महासंघमा समाचारको नाममा कलमै नचलाउने मानिसहरुलाई विगतका बर्षहरुमा पत्रकारको सदस्यता प्रदान गरी भर्तीकेन्द्र जस्तो भएका कारणले पनि महासंघले पत्रकारको हितमा काम गर्न नसक्दा नामि भन्दा पनि बदनामी बढी भएको आरोप लगाउनु भएको छ । बदनामी आरोपको प्रदाफास गर्न अब हुने चौथो अधिबेशनले सहि नेतृत्व अगाडी आउन आजको आवश्यकता रहेको बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका सल्लाहकार एवं कान्तिपूरका उपसम्पादक तुलाराम पाण्डेले पत्रकार विकासको विशुद्ध संगठन नेपाल पत्रकार महासंघले निस्कृय पत्रकारहरुको सहि ब्यवस्थापन गरी सक्रिय पत्रकारहरुलाई आफ्नो पेशामाथिको गौरवता दिलाउने खालको बाटो देखाउन नसक्दा अनेत्रबाट हरेक आरोप खेप्न परेको बताउनु भएको छ । अवको महासंघ नेतृत्वको आकांक्षा ब्यक्त गर्दै पाण्डेले अबको महासंघमा नेतृत्व पाए पत्रकारिताको सुदृढिकरण र पत्रकारहरुको क्षमता विकास अवसरको उचित ब्यवस्थापनमा आफ्नो पहिलो भूमिका रहने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।

यसैगरी स्थानीय पत्रकारीताको अवस्थाबारे आफ्नो धारणा राख्दै प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराईले सानो भूभागमा धेरै पत्रकारहरु कलमकै भरमा अगाडी बढ्न ठूलो चुनौति रहेपनि यस्ता चुनौतिको सामना गर्ने बाटाहरुको नीतिगत खोजी पत्रकारहरुको बैधानिक संगठन पत्रकार महासंघले गर्नु पर्नेहो तर यसो नभएको आरोप लगाउनु भएको छ । बिशुद्ध पत्रकारीता पेशालाई मर्यादित बनाउन सुदृढीकरणको नाममा विगतका बर्षमा धेरै अभियान संचालन भएपनि अभियानलाई सार्थक तुल्याउन अभिन्ता नै स्वयम बेवारीसे रहदा अभियान अभियानकै रुपमा सिमित रहेको बताउनु भएको भयो ।

प्रगतिशिल पत्रकार संघ कालिकोटका अध्यक्ष मनिराज पाण्डेको अध्यक्षतामा संचालित अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी कालिकोट अध्यक्ष पवित्र कुमार शाही, प्रेस युनियनका कार्यवाहक अध्यक्ष विष्णु प्रसाद न्यौपाने, रेडियो चंखेलीका विश्वनाथ सिमखाडा, रेडियो नयाँ कर्नालीका प्रेमराज सिमखाडा, रेडियो नेपालका जिल्ला प्रतिनिधि अनन्त बराल लगायतले कालिकोटमा पत्रकारिताको सवालका बारेमा आआफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य