2026-09-16 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विना अनुमति सुर्ती जन्य पदार्थको खुलेआम विक्रि वितरण

चैत १, कपिलवस्तु । चैत्र १ गतेदेखि सरकारले सुर्ति जन्य पदार्थको विक्रि वितरणको लागि नयाँ अनुमति लिएका निश्चित व्यापारीहरुलाई मात्र बेचविखन गर्ने र लाइसेन्स नभएकाहरुले विक्रि वितरण गर्न आजबाट नपाउने नियम लागु गरेको भए पनि कपिलवस्तुका पसलहरुमा भने खासै परिर्वतन देखिएन । 

हिजोका दिनमा पान पसल,चिया पसल,किराना पसल,होटल लगायतका विभिन्न ठाँउमा जसरी खुलेआम सुर्तिजन्य पदार्थ बेच्ने गरिन्थ्यो आज पनि कुनै परिर्वतन भएको छैन । 

सरकारले नयाँ नियम लागु गरी अनुमति प्राप्त पसलहरुले मात्र सुर्ति जन्य पदार्थ बेच्न पाउने भनेको भए पनि अनुगमन गर्ने निकायको उदासिनताका कारण नियम कार्यन्वयन हुन नसकेको सर्वसाधारण ठम्याई रहेको छ । सरकारले नियम बनाउदै जान्छ तर नियम पालना गर्ने र नियम पालन गराउनेहरुको उदासिनता र बेवास्ताका कारण जिल्लामा खुलेआम सुर्तिजन्य पदार्थको विक्रि वितरण भइरहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनु भयो ।

चैत्र १ गतेको नियम लागु भएको पहिलो दिन भएकोले के कतिले नयाँ अनुमति लिए भन्ने डाटा उपलब्ध नभएको र अनुगमन पनि नगरिएको सुर्ति जन्य पदार्थ अनुगमन जिल्ला संयोजक रामेश्वर अर्यालले बताउनु भयो । अब छिटै बजार अनुमगन गरिने र नियमलाई पालन नगर्ने अनुमति विना नै सुर्ति जन्य पदार्थको विक्रि वितरण गर्ने व्यापारीहरुलाई कारवाहि गरिने अर्यालले बताउनु भयो । दीपक के.सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह