माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्र"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

समाजसेवी थापा र शाहद्धारा विद्यालयमा स्वेतपार्टी हस्तातरण

४ चैत्र २०७३, शुक्रबार १३:२७


माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्रसेवक सुरक्षाकर्मी तथा वरिष्ट समाजसेवि दिपक थापा र समाजसेवि तथा मोडल रहिस शाहले एक कार्यक्रमका विच ८ थान स्वेत पार्टी (वाईट वोर्ड) विद्यालय लाई हस्तानतरण गरेका छन । 

२०४७ साल स्थापनमा भई हाल २५० भन्दा वढि विद्यँर्थीलाई अध्यापन गराउदै आएको विद्यालयमा आर्थिक अवस्थाको कमिले अहिले सम्म कालोपार्टि र चक द्धारा पढाइएको थियो ।

शुक्रवार भएको हस्तानतरण कार्यक्रममा वोल्ने वक्ताहरुले समाजसेवि थापा र शाहलाई धन्यवाद दिदै प्रशंसा गरेका थिए । 

यस विद्यालयमा कालोपार्टी र चकको प्रयोग गर्दै आएको र चकको धुलोले क्यानसर रोग हुने भएतापनि विद्यालयमा आर्थिक अवस्था कमजोर भएकाले वाईट वोर्ड प्रयोग गर्न नसकेको विद्यालयका प्रअ राम विलास मण्डलले वताए ।

समस्यका  बावजुत पनि विद्यालयमा शैक्षिक गुणस्तरको लागि आम समुदाय संग सहयोग मागेर भएर पनि विद्यालय पठन पाठन गरिरहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत व जिसि ले वताए । विद्यालयमा सवै जातजाति भाषा धर्मका विद्यँर्थीहरुले अध्यान गर्ने विद्यँलयमा दरवन्दि कम हुदा शिक्षक हरुलाई पनि विद्यार्थीहरु र अन्य ठाउ वाट सहयोग माग्नु पर्ने वाध्यता रहेको जिसिले वताए ।

विद्यालयमा सहयोगि हात वढाएकोमा थापा र शाहलाई विद्यालय व्यावस्थापन समितिका सस्थापक अध्यक्ष छन्द व सिह जिसिले धन्यवाद सहित दोसल्ला,मायाको चिनो र सम्मान पत्र ले सम्मान गरेका थिए । सोहि कार्यक्रमका अवशरमै २५ दिने शिक्षण सिकाईमा आएका ७ जना छात्र शिक्षिकालाई विदाई समेत गरिएको छ ।

१२ वर्ष देखि सुरक्षाकर्मीको रुपमा काम  गर्दै आएका समाजसेवि थापा ले आफ्नो सम्पुर्ण तलव सामाजिक क्षत्रमा खर्च गर्दै आएका छन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत व जिसिको अध्यक्षता, विद्यालय व्यावस्थापन समितिका सस्थापक अध्यक्ष छन्द व सिह जिसि को प्रमुख आतिथ्यता, समाजसेवि दिपक थापा, रहिश शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समिति सदस्य,अभिभावक,विद्यार्थी,संचारकर्मिहरु उपस्थिति रहेको कार्यक्रम शिक्षक सिताराम चौधरिले संचालन गर्नुभएको थियो   ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो