2026-10-31 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कुपोषण भगाउन कालिकोटमा संचार अभियानको सुभारम्भ

दलसिंह गिरी | चैत्र १४, कालिकोट | जिल्लाका अधिकांश गरिव तथा विपन्न समुदायहरुको प्रमुख समस्याको रुपमा रहेको कुपोषणको अवस्था न्यूनिकरण तथा पोषणयुक्त समाज जागरणका लागि पहिलो पटक सुनौला हजार दिन संचार अभियान कालिकोटमा संचालन भएको छ । जिल्लामा ब्याप्त कुपोषणको अवस्था न्यूनिकरणका लागि नेपाल सरकारले अवलम्बन गरेको नीतिगत योजना तथा कार्यान्वयन प्रक्रिया प्रभावकारीताका लागि पहिलो पटक सुनौला हजार दिन संचार अभियान संचालन भएको हो ।

विशेषगरी नवजात शिशु तथा बालबालिकामा देखिने कुपोषण न्यूनिकरणको पहिलो अध्याएको रुपमा लिईने गर्भवी महिलाको विशेष ध्यान तथा बच्चा जन्मेदेखि २ बर्ष सम्म ल्वाई ख्याईमा दिइनु पर्ने विशेष ख्यालबारे समुदाय स्तरका मानिसहरुलाई सुसूचित गराउन पहिलो पटक यो अभियान एक कार्यक्रमका विच सुभारम्भ गरिएको छ ।

बिगत केही दशक देखि कुपोषण न्यूनिकरण सम्बन्धि विभिन्न निकायले कार्यक्रम संचालन हुदै आएपनि यसको खास प्रभावकारीताका लागि समुदाय स्तरलाई जागृत गराउने खालको संचार अभियान नै पहिलो आवश्यकता रहेकाले यो अभियान पहिलो पटक शुभारम्भ गरिएको हो ।

जिल्लामा पोषणको सवालमा समन्वयकारी भूमिका खेल्दै आएको जिल्ला स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको आयोजना एवं नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र काठमाण्डौ र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वयमा मान्म खाडाचक्रमा आयोजित अभिमुखिकरण तथा सुनौला हजार दिन संचार अभियान सुभारम्भ कार्यक्रममा कुपोषणको अवस्था, अभियानको औचित्य र यसको प्रभावकारी कार्यान्वयका लागि रणनैतिक अभियान बारे अभिमुखिकरण समेत गरिएको छ ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय, युरोपेली सङ्घ र युनिसेफको सहकार्यमा संचालित अभियान मानब जिवन संग सरोकार राख्ने विभिन्न निकाय तथा ब्यक्तिहरुसंग सहकार्य गरी अभियान अगाडी बढाईने राष्ट्रिय योजना आयोगका प्रतिनिधि रुद्रबहादुर बानियाले बताउनु भएको छ । जिल्ला स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिका प्रतिनिधि नरजंग शाहीको संयोजकत्वमा आयोजित कार्यक्रमको सहजिकरण गर्दै बानियाले कुपोषण न्यूनिकरणका लागि जिल्लामा केही बर्ष यता नियमित संचालित बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सुनौला हजार दिनमा केन्द्रीत भई यसको कार्यान्वयनका लागि निर्माण गरिएका नीति तथा योजना तर्जुमा कार्यान्वयनका लागि संचार अभियान सुभारम्भ गरिएको बताउनु भएको हो । 

आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले सुनौला हजार दिन संचार अभियानले समुदायलाई सुसुचित गराई आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याई आमा बाच्चाको मृत्युदर घटाउने यसको प्रमुख उद्देश्य रहेको कार्यक्रममा बताईएको छ । 

जिल्लामा कृयाशिल विभिन्न संचार मिडियाका प्रमुख प्रतिनिधि मानब जिबन संग सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डे जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंह लगायतले यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाब सहित आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय