2026-09-15 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कुपोषण भगाउन कालिकोटमा संचार अभियानको सुभारम्भ

दलसिंह गिरी | चैत्र १४, कालिकोट | जिल्लाका अधिकांश गरिव तथा विपन्न समुदायहरुको प्रमुख समस्याको रुपमा रहेको कुपोषणको अवस्था न्यूनिकरण तथा पोषणयुक्त समाज जागरणका लागि पहिलो पटक सुनौला हजार दिन संचार अभियान कालिकोटमा संचालन भएको छ । जिल्लामा ब्याप्त कुपोषणको अवस्था न्यूनिकरणका लागि नेपाल सरकारले अवलम्बन गरेको नीतिगत योजना तथा कार्यान्वयन प्रक्रिया प्रभावकारीताका लागि पहिलो पटक सुनौला हजार दिन संचार अभियान संचालन भएको हो ।

विशेषगरी नवजात शिशु तथा बालबालिकामा देखिने कुपोषण न्यूनिकरणको पहिलो अध्याएको रुपमा लिईने गर्भवी महिलाको विशेष ध्यान तथा बच्चा जन्मेदेखि २ बर्ष सम्म ल्वाई ख्याईमा दिइनु पर्ने विशेष ख्यालबारे समुदाय स्तरका मानिसहरुलाई सुसूचित गराउन पहिलो पटक यो अभियान एक कार्यक्रमका विच सुभारम्भ गरिएको छ ।

बिगत केही दशक देखि कुपोषण न्यूनिकरण सम्बन्धि विभिन्न निकायले कार्यक्रम संचालन हुदै आएपनि यसको खास प्रभावकारीताका लागि समुदाय स्तरलाई जागृत गराउने खालको संचार अभियान नै पहिलो आवश्यकता रहेकाले यो अभियान पहिलो पटक शुभारम्भ गरिएको हो ।

जिल्लामा पोषणको सवालमा समन्वयकारी भूमिका खेल्दै आएको जिल्ला स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको आयोजना एवं नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र काठमाण्डौ र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वयमा मान्म खाडाचक्रमा आयोजित अभिमुखिकरण तथा सुनौला हजार दिन संचार अभियान सुभारम्भ कार्यक्रममा कुपोषणको अवस्था, अभियानको औचित्य र यसको प्रभावकारी कार्यान्वयका लागि रणनैतिक अभियान बारे अभिमुखिकरण समेत गरिएको छ ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय, युरोपेली सङ्घ र युनिसेफको सहकार्यमा संचालित अभियान मानब जिवन संग सरोकार राख्ने विभिन्न निकाय तथा ब्यक्तिहरुसंग सहकार्य गरी अभियान अगाडी बढाईने राष्ट्रिय योजना आयोगका प्रतिनिधि रुद्रबहादुर बानियाले बताउनु भएको छ । जिल्ला स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिका प्रतिनिधि नरजंग शाहीको संयोजकत्वमा आयोजित कार्यक्रमको सहजिकरण गर्दै बानियाले कुपोषण न्यूनिकरणका लागि जिल्लामा केही बर्ष यता नियमित संचालित बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सुनौला हजार दिनमा केन्द्रीत भई यसको कार्यान्वयनका लागि निर्माण गरिएका नीति तथा योजना तर्जुमा कार्यान्वयनका लागि संचार अभियान सुभारम्भ गरिएको बताउनु भएको हो । 

आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले सुनौला हजार दिन संचार अभियानले समुदायलाई सुसुचित गराई आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याई आमा बाच्चाको मृत्युदर घटाउने यसको प्रमुख उद्देश्य रहेको कार्यक्रममा बताईएको छ । 

जिल्लामा कृयाशिल विभिन्न संचार मिडियाका प्रमुख प्रतिनिधि मानब जिबन संग सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डे जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंह लगायतले यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाब सहित आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ