2026-09-16 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पीआरसीद्धारा दिल्लीबाट १५ वर्षे बालिकाको उद्धार

माधव बेल्वासे/चैत्र १५, कपिलवस्तु । शान्ति पुनस्र्थापना गृह नेपालकी अध्यक्ष शान्ता सापकोटा नेतृत्वको टोलीले भारतको दिल्ली पुगी त्यहाको एक कोठीबाट १५ वर्षीय बालिकाको उद्धार गरेको छ । 

विचौलियाको प्रलोभनमा परी दुई वर्षअघि भारतको दिल्ली पु¥याइएकी एक नेपाली चेलीको शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले उद्धार गरी नेपाल फर्काएको हो । स्थानीय विद्यार्थीहरुकै अगुवाईमा बालिकाको उद्धार गर्न सफल भएको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले बताउनुभयो । 

बालिकालाई उद्धारका लागि पीआरसीका प्रोग्राम अफिसर मिना वि.क., विदेश विभाग संयोजक सुमन सापकोटा, पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराई, चितवनकी महिला समाजसेवी बुद्धिमाया घले, हेल्पक्रस देहरादुनका विशाल थापा, बालिकाको अभिभावक, पीआरसी कर्मचारी काजल समेत ७ जनाको टोली नेपालबाट दिल्ली गएका थिए । 

उद्धार गरिएकी बालिका चितवनको एक विद्यालयमा कक्षा ६ मा पढ्दै थिईन। मकवानपुर घर भएका हाल चितवन बस्दै आएका उर्मिला तामाङ, सुकमाया तामाङ लगायतले त्यतिबेला १३ वर्षकी बालिकालाई सिलाईकटाई, ब्यूटीपार्लर तालिम दिई राम्रो जागिरमा लगाइदिने प्रलोभन देखाई दिल्ली पु¥याएको खुल्न आएको छ । 

विशेष सुराक पाएसँगै साताअघि अभिभावकसहित पीआरसी टोली दिल्ली पुगेको थियो ।उद्धारको टोलि आएका थाहा पाएपछि बालिकाहरुलाई ठाउसारी गरिसकेको थियो तर स्थानीय विद्यार्थीहरुको विशेष अगुवाईमा छापा मारी बालिकालाई उद्धार गर्न सफल भएको पीआरसी कृष्णनगर संयोजक भट्टराईले वताए । 

भट्टराईले भन्नुभयो – बालिकालाई उद्धार गर्ने क्रममा कोठी संचालकसग एकछिन झडप समेत भयो, तर हामि एक बालिकालाई मात्र उद्धार गर्न सफले भयौं, । कोठीमा चारसय बढी नेपाली चेलीहरुले नरकीय जीवन विताइरहेका भट्टराईले भन्नुभयो । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, गोरखा लगायत स्थानका सोझासाझा चेलीहरुको जीवन कहालीलाग्दो रहेको उहाले जनाउनुभयो ।

बालिकाले दिएको बयान अनुसार उर्मिला तामाङ र सुकमाया तामाङले बालिकालाई दिल्ली लगी विक्री गरेका थिए । उर्मिला तामाङ केही वर्षपहिले नै मानव तस्करीकै घटनामा पक्राउ परिसकेकी छन् । तर सुकमाया तामाङ भने फरार रहेको बताइएको छ । घटनामा उनीहरुबाहेक अन्य विचौलियाको समेत संलग्नता रहेको पीआरसीले जनाएको छ । 

उद्धार गरिएकी बालिकालाई आइतबार राति चितवन ल्याइपु¥याएको भट्टराईले जानकारी दिनुभयो ।विचौलिया विरुद्ध चितवन प्रहरीमा जाहेरी दर्ता गराई विशेष खोज अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ । उद्धार गरिएकी बालिकालाई पीआरसीले पुनस्र्थापना केन्द्रमा राखी सीपमूलक कार्यमा लगाउने पीआरसी अध्यक्ष शान्ता सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग