दलसिंह गिरी | चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष त"/>
दलसिंह गिरी/चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तुल्याउन संगठित भएका छन् ।
नेपाल सरकारले स्थानीय स्तरको निर्वाचन संचालनका लागि निर्धारण गरेको समयसिमा नजिकिदै गर्दा निर्वाचन प्रणाली र प्रक्रियामा निरन्तर सुधार गर्न तथा निर्वाचनको स्वच्छता र निष्पक्षता अभिवृद्धि गर्न नागरिक समाज संगठित भएका हुन् ।
स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउनको लागि निर्वाचन आयोगले निर्धारण गरिएका प्रक्रिया र मापदण्डहरूको पालना भए नभएका कुरा निरिक्षण गर्न नागरिक समाजका अगुवा एवं नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा राष्ट्रिय निर्वाचन परिवेक्षण समिति (नियोक) जिल्ला कार्यसमितिको गठन समेत गरिएको छ ।
उन्नाईस सदस्यीय जिल्ला समितिमा उपाध्यक्ष दिलु बम, सचिव लिलाराम न्यौपाने, कोषाध्यक्ष तुलसी नेपाली, सहसचिबमा दलसिंह गिरी रहनु भएको छ ।
निर्वाचन परिवेक्षक रहनुको मुख्य उद्देश्य निर्वाचन परिणामको स्वीकार्यतालाई अभिवृद्धि गर्न गोप्य मतदान बाहेकका निर्वाचनका अन्य प्रक्रियाहरूलाई अधिकतम पारदर्शी बनाउने, निर्वाचन प्रक्रियामा यसका मुख्य सरोकारवालाहरू संगको समन्वय र सहभागिता प्रवद्र्धन गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियरूपमा आयोगको छवि प्रवद्र्धन गर्न आपसी सम्वन्धलाई विस्तार एवं सवलीकरण गर्ने रहेको छ ।