दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकारको विकासका लागि ५० हजार पुरस्कार राशीको घोषणा

१६ चैत्र २०७३, बुधबार १३:२२


दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि आवश्यक पुरस्कार राशीकोष स्थापना गर्न करिव ५० हजार नगद सहयोग गर्ने बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिबसको अवसरपारी नेपाल पत्रकार महासंघ शाखा कालिकोटका नव निर्वाचित पत्रकारहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी शाहीले यस्तो कुरा बताउनु भएको हो । 

सुन्दर कालिकोट समृद्ध कालिकोट द्धारा आयोजित सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष समेत रहनु भएका शाहीले कालिकोटलाई समृद्ध बनाउन संचार माध्यम र पत्रकारहरुको अहमभूमिका रहने भएकाले यसका लागि सबै पत्रकार साथीहरुले साथ दिन आग्रह समेत गर्नु भएको छ । 

]सम्मान कार्यक्रमको प्रमुख अथिति रहनु भएका अग्रज शाहित्यकार मोतिराज बमले आफ्नो लेखनको सुरुवात पत्रकारिताबाटै भएकाले यसको महत्वलाई दृष्टिगत गर्दै समाज रुपान्तरणमा आफ्नो कलम शाहित्य तर्फ लम्कीएको बताउनु भएको छ । 

यस्तै नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष तुलाराम पाण्डेले समग्र पत्रकारिताको विकासमा सचेत नागरिकको प्रमुख भूमिका रहने भएकाले यसका लागि अग्रजहरुबाट सुझाब र सल्लाहको खाचो रहेको बताउनु भएको छ । 

सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता शाहीले पत्रकारीता पेशामा लागेका अभियान्ताहरुको प्रोत्साहन तथा हौसलाको लागि पुरस्कार राशीकोषको स्थापना गर्ने घोषणा गरेकोमा खुशी ब्यक्त गर्दै यो कोषलाई बृद्धि गर्न महासंघले तत्काल पहल थाल्ने बताउनु भएको छ । 

सम्मान कार्यक्रममा आवास नेपाल सुर्खेतका पार्बती शाही रेडकक्रस शाखा कालिकोटका बलप्रसाद संज्याल, रेडियो मालिकाका संचालक मिन बहादुर बोगटी लागयत क्रियाशिल पत्रकार नागरिक समाज लगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य