दलसिंह गिरी | बैशाख ११, कालिकोट | स्वायत्व अधिकार सहितको संघिय राज्य घोषणा भएको नेपालको संविधान २०७२ मा ब्यवस्था भए अनुसार कुनै पनि ब्यक्ति, सामाजिक क्षेत्र तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | बैशाख ११, कालिकोट | स्वायत्व अधिकार सहितको संघिय राज्य घोषणा भएको नेपालको संविधान २०७२ मा ब्यवस्था भए अनुसार कुनै पनि ब्यक्ति, सामाजिक क्षेत्र तथा "/>
2026-09-14 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

रास्कोट नगरपालिकाका मेहर उम्मेदवारहरुको शैक्षिक योग्यता र सामाजिक अध्ययन कति ?

दलसिंह गिरी | बैशाख ११, कालिकोट | स्वायत्व अधिकार सहितको संघिय राज्य घोषणा भएको नेपालको संविधान २०७२ मा ब्यवस्था भए अनुसार कुनै पनि ब्यक्ति, सामाजिक क्षेत्र तथा निकायमा काम गर्न उसको शैक्षिक योग्यताको मापन तथा कार्य अनुभवलाई मुख्य विषय बनाएर जिम्मेवारी तोकिनु पर्ने ब्यवस्था गरेको छ । जस्तै कुनै ब्यक्तिले कुनै सवारी साधन आधिकारीरुपमा चलाउन न्यूनतम १० पासको शैक्षिक योग्यता हुनुपर्ने ब्यवस्था गरिएको छ, । यस्तै हालै हुन गइरहेको स्थानीय निकायको निर्वाचनको सुरक्षाको लागि ५२ दिन नियुक्ति पाउने म्यादी प्रहरीको समेत न्युनतम ८ पासको शैक्षिक योग्यता हुनुपर्ने मापदण्ड तोकिएको छ ।

तर देश तथा स्थानीय निकायलाई विकासको सही मार्गदर्शनमा डोर्याउने एक जिम्मेवार पदका लागि चुनिने ब्यक्तिका बारे नेपालको संविधान २०७२ मा न्यूनतम शैक्षिक योग्यता र सामाजिक कार्यअनुभव कुनै तोकिएको छैन । त्यसै भएर होला अहिले स्थानीय निकायमा जनप्रतिनीधिका लागि आकांक्षिहरु धेरै देखिएका छन्, धेरै आकांक्षिहरुले गर्दा अहिले कतिपय पार्टीहरुलाई आकांक्षीहरुको चित्त बुझाउनै सकस भैरहेको छ । यसै सकसका विच केही शिर्षथ राजनैतिक दलहरुले नगरपालिका र गाउपालिकाका प्रमुख उम्मेदवारहरु छनोट गरेका छन् । 

यसै क्रममा रास्कोट नगरपालिकाका लागि छनोट भएका केही राजनैतिकदलका मेहर उम्मेदवारहरुको शैक्षिक योग्यता र राजनैतिक तथा सामाजिक काम प्रतिको कार्यअनुभवः

काशिचन्द्र बराल (नेकपा माओवादी केन्द्र)

रास्कोट नगरपालिकाको मेहरका लागि नेकपा माओवादी केन्द्रबाट रास्कोट नगरपालिका वडा नं. ८ का काशिचन्द्र बराललाई उम्मेदवार अगाडी बढाइएको छ । २०४५ सालमा विद्यालय पढ्दै गर्दा अखिल छैठौंबाट राजैतिक चासो बढाउनु भएका बराल काठ्माण्डौं क्याम्पस पढ्दै गर्दा २०४८ सालमा स्ववियु सचिव समेत रहेको थियो । काठ्माण्डौंमा कमर्ष बढ्दै गर्दा योजना साप्ताहिकबाट पत्रकारीतामा पनि जोडिनु भएका बराल पत्रकारीताकै शिलशिलामा २०५० साल देखि कान्तिपूर दैनिक पत्रिकाको जिल्ला रिपोटरको रुपमा काम गर्दै कर्नालीकै पहिलो साप्ताहिक कदम साप्ताहिक र नौलो किरण साप्ताहिक प्रकाशन गरेको पाईन्छ । पत्रकारीता संगसंगै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित हुनु भएका बराल २०५६ सालबाट नेकपा माओवादी नजिक रही २०५८ साल पछि बैधानिक तवरले खुला माओवादीमा लाग्नु भएका बराल जिल्ला सेक्रेटरी हुदै राज्य समिति सचिवालय सदस्य समेत रहनु भएको छ ।

तत्कालिन माओवादी आन्दोलनकै शिलशिलामा पत्रकारीतालाई पनि संगसंगै बढाउदै रेडियो भेरी कर्नाली आवाज, रेडियो हिमाल एफ.एम.को संस्थापक अध्यक्ष समेत रहेका छन् । कृषि भेटनरी जेटिय हुदै कमर्षबाट स्नातक गर्नु भएका बराल २०६२।०६३ जनआन्दोलन पछि कालिकोटमा हिमचुली कृषि सहकारी संस्था स्थापना गरी सहकारीको अध्यक्षका साथै जिल्ला सहकारी संघको अध्यक्ष हुदै राष्ट्रिय सहकारी संघको संचालक समेत रहनु भएको छ । पछिल्लो चरण राजनैतिक भन्दा पनि ब्यवशाय संचालकको नाम लिइने बराल सुर्खेतको कोलडाडामा इजरायली र जापानी प्रविधि प्रयोग गरी इन्द्रेणी एग्रो फम संचालन गर्नु भएको छ । हाल ५ जना कर्मचारी राखी माछापालन र तरकारी खेती ब्यवशाय अगाडी बढाएको पाइन्छ । पत्रकारीता राजनैतिक हुदै सहकारी, ब्यवशायक अनुभव बटुल्नु भएका बराल हाल उमेरले ४५ औं बषन्तमा पार गर्नुभएको छ ।

मनिराज बराल (नेकपा एमाले)

रास्कोट नगरपालिकाको मेहरका लागि नेकपा एमाले बाट रास्कोट नगरपालिका वडा नं. ८ का मनिराज बराललाई उम्मेदवार घोषणा गरिएको छ । मेहर उम्मेदवार घोषणा गरिएका बराल प्रत्यक्ष राजनैतिक पृष्ठभूमि भन्दा शैक्षिक सेवा अभियानबाट अगाडी बढेको पाईन्छ । हाल ४८औं बसन्त पार गरिसकेका बराल क्याम्पस पढ्दाका बखत सुर्खेत क्याम्पस शिक्षामा अनेरा स्ववियुको प्रा कमिटिको सदस्य हुदै स्ववियुको कोषाध्यक्ष सम्म पुगेपनि २०४३ सालबाट शिक्षण पेशा लाग्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटी अध्यक्ष हुनै केन्द्रीय प्रतिनिधि, पेशागत महासंघको प्रदेश नं. ६ सह इन्चार्ज एवं केन्द्रीय सदस्य समेत हुनु भएका बराल शिक्षण पेशाको ३० बर्षे अवधिमा बडिमालीका माविको प्राचार्य हुदै रास्कोट बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख समेत बनिसक्नु भएको छ । नेपालीबाट मास्टर गरिसक्नु भएका बराल यहि बैशाख ३ गते शिक्षण पेशाबाट राजिनामा दिई स्थानीय तहको निर्वाचनमा रास्कोट नगरपालिकाको मेहरका लागि एमाले बाट उम्मेदवारी दिनु भएको छ ।

दान बहादुर बम (नेपाली कांग्रेस)

रास्कोट नगरपालिकाको मेहरका लागि नेपाली कांग्रेसको तर्पmबाट रास्कोट नगरपालिका वडा नं.२ बस्ने दान बहादुर बमको उम्मेदवारी अगाडी बढाईएको छ । मेहर उम्मेदवारी अगाडी बढाईएका बम प्रत्यक्ष रुपमाले राजनैतिक पृष्ठभूमिबाट अगाडी बढेको नभै शैक्षिक पेशा तथा शैक्षिक अभियानबाट अगाडी बढेको देखिनु हुन्छ । २०३७ सालबाट शिक्षण पेशा अगाल्दै आउनु भएका बम रास्कोट नगरपालिका अन्तर्गत मोतिराम माविको प्रधानाध्यापक हुदै कर्नाली प्रविधि बहुमुखी क्याम्पसको संस्थापक प्रमुख समेत भईसक्नु भएको छ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संधको जिल्ला अध्यक्ष हुदै केन्द्रीय उपाध्यक्ष भईसक्नु भएका बम शैक्षिक योग्यताको हकमा सामाजिक विषयबाट मास्टर डिग्री गर्नु भएको छ । हालै हुन गइरहेको स्थानीय निर्वाचनमा मेहर उम्मेदवारका लागि जिल्ला शिक्षामा यहि गएको फागुन १७ राजिनामा पेश गर्नु भएका बमको यहि बैशाख ६ गते मात्र स्वीकृत भएको छ । बम उमेरका हकमा ५५औं बसन्तमा उक्लिनु भएको भएको छ ।

एक लाख ३६ हजार ९ सय ४८ जनसंख्या रहेको कालिकोटमा हाल जिल्लाभर ६१ हजार २८ मत रहेको छ भने रास्कोट नगरपालिकामा ७ हजार ९ सय ६ जना रहेका छन् । यसै गरी नगरपालिका भर १४ वटा मतदान केन्द्र तोकिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ