बैशाख २४,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, 

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज अस्पतालमा जिल्लाकै पहिलाे फार्मेसी संचालन

२४ बैशाख २०७४, आईतवार १४:०६


बैशाख २४, कपिलवस्तु । जिल्लाकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पतालले उचित व्यावस्थापनका साथ जिल्ला मै प्रथम फार्मेसी संचालन गर्ने अस्पताल बनेकाे छ ।

अस्पताल व्यावस्थापन समितिकका संयाेजक दीपक कुमार शुक्लाकाे अध्यक्षतामा शुरु भएकाे अस्पताल व्यवस्थापन सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा अाज सहायक प्रजिअ रामेश्वर अर्यालकाे प्रमुख अतिथ्यतामा शिवराज अस्पताल फार्मेसीकाे संचालन शुरु गरिएकाे छ ।

बहादुरगंज वरपरका सर्वसाधारणलाई अाैषधिकाे जथाभावी मुल्यले समास्या देखा परेका कारण अस्पतालबाट वितरण गरिने ७० थरिका  निःशुल्क अाैषधि बाहेक बजारबाट किन्ने अाैषधिहरु शुपथ मुल्यमा दिईने संयाेजक दिपक शुक्लाकाे भनाई छ ।  

अधिकांश बिरामी अार्थिक रुपले विपन्न परिवारका अाउने गरेकाले फार्मेसी संचालनले पैसाका कारण बीच मै उपचार राेकिने तथा  गुणस्तरहिन अाैषधिबाट बिरामीलाई बचाउन सकिने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाः राहुल झांले जानकारी गराएका छन ।


उनले शिवराज अस्पताललाई जिल्ला कै नमुना अस्पताल बनाउने अाफ्नाे उद्देश्य रहेकाे बताए ।  कार्यक्रमका प्रमुख अतिथि सहायक प्रजिअ रामेश्वर अर्यालले जिल्लामा पहिलाे पटक सरकारी अस्पतालमा फार्मेसी संचालन गरिएकाेमा अस्पताल परिवारलाई शुभकमना दिदै गुणस्तरीय अाैषधि मात्र वितरण गर्न अस्पताल प्रशासनलाई निर्देशन गरे ।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका सहायक प्रमुख जगदिश अर्याल, अस्पतालका कर्मचारी तथा व्यावस्थापन समिति पदाधिकारीहरुकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य