पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित/बैशाख ३१, सिरहा । सिरहाको मिर्चैया ८ मझौवा बस्ने २७ बर्षीय प्रदिप रायको हत्याकाण्डका दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सिरहाले आज (आइतबार) हत्याकाण्डका आरोपी प्रदिप रायको आफ्नै सहोदर दाजु करीब ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबि रायलाई पुर्पक्षका लागि सिरहा जिल्ला कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।

आफ्नै घर मिर्चैया ८ मझौवामा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो । घटनाको अनुसंधान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देविको योजनामा हत्या भएको देखिएकोले दुवै जनालाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएका डिएसपी बज्राचार्यले जनाए ।