असार ४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । 
2026-09-12 11:44 AM
महोत्तरी - MHT

महोत्तरीमा एक युवकको घाँटी रेटी हत्या

असार ४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो । 

नाम, थर, वतन नखुलेको अन्दाजी २५/३० वर्षीय मधेसी मूलको पुरुष व्यक्तिको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । 

घटनाबारे जानकारी पाउनासाथ जिप्रका, महोत्तरीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् भने घटनाबारे विशेष अनुसन्धान भइरहेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको जिप्रका, महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता