२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

इज्जत छैन गाउँमा दिमाग छैन ठाउँमा भन्ने ४ बालकको प्रहरीद्धारा उद्धार

२०७४, ६ असार मंगलवार १३:००


दलसिंह गिरी/असार ६, कालिकोट । इज्जत छैन गाउँमा दिमाग छैन ठाउँमा भन्ने ४ जना जुम्लाका बालकहरुलाई प्रहरीले उद्धार गरेर गृह जिल्लामै पठाएको छ । 

जुम्ला जिल्ला चन्दनाथ नगरपालिकाका ४ जना बालक पढाई छाडेर कामको खोजीमा सुर्खेततिर जादैगर्दा आज जिल्ला सदरमुकाम मान्मबाट उद्धार गरी पुन गृहस्थानमै पठाइएको हो । उद्धार गरिएका ४ जना बालकमा चन्दनाथ नगरपालिका वडा नं. ११ तलिहुमका १४ बर्षिया दान बहादुर रोकाया, १५ बर्षिया कमल रोकाया, १५ बर्षकै कमल सेजुवाल र चन्द्रनाथ नगरपालिका ८ का १५ बर्षिया कमल रावल रहेका छन् । 

आज विहान जुम्लाबाट गाडी मार्फत सुर्खेत जादै गर्दा जिल्ला सदरमुकाम मान्मको ताडी चेकपोष्टमा गाडी चेकजाचको क्रममा बालकको उद्धार गरिएको प्रहरी नायव निरीक्षक योगन्द्र कुमार खड्काले जानकारी दिनुभएको छ । उद्धार गरिएका बालकका आफन्तलाई तत्कालै जानकारी गराई बालबालिका लैजान आग्रह गरे संगै आजै उनीहरुलाई प्रहरी मार्फत आज मंगलबार नै जुम्ला तर्फ पठाईएको खड्काले बताउनु भएको छ । 

यस अघि कामको शिलशिलामा ३ महिना सुर्खेत बसेर होटलमा कामगरेका श्री भैरव मावि धुपी ढुस्कामा कक्षा ९ मा अध्ययनरत दानबहादुर रोकाया संगै तिन जना बालकहरु इज्जत छैन गाउमा दिमाग छैन ठाउमा भन्दै पढेर कुनै काम छैन त्यसैले आफ्नो घरमा रहेको २ वटा साईलक १२ हजारमा बेचेर गाडी खर्च सहित सुर्खेत तर्फ जान लागेको बताएका छन् । 

दान ब. रोकाया भन्छन् अहिले साथीहरु सँगै कामको खोजीमा जान लाग्दा प्रहरीले समात्यो । घरमा २ भाइ, आमा बुवा हुनुहुन्छ भन्ने रोकाया लगायत अन्य ३ जना बालकलाई करिव १५ मिनेट काउन्सिलिंग गर्दै बरिष्ठ पत्रकार एवं पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले कलिलै उमेरमा पढाई छाडेर घर बाहिर भाग्नुले पछिको भाविश्य डामाडोल हुने भएकाले पहिला पढाईलाई ध्यान दिनुपर्ने भन्दै सम्झाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान