दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परि"/>

2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालकचहरीमा जोडियो रामराज्यको प्रसंग


दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परिवर्तन पहिलो आवश्यकता रहेको बताउनु भएको छ । 

बालविवाह न्यूनिकरण, जोखिम बालबालिकाको ब्यबस्था, अपांगता भएका बालबालिकाहरुको संरक्षण लगायतका बालअधिकारका सवालमा काम गर्ने सरोकारवाला निरन्तर खटेपनि प्रभावकारी उपलब्धी हुन नसकेको भन्दै यसका लागि सचेतना, सभ्य आचरण र शिष्ट ब्यवहार पहिलो आवश्यकता रहेको बताउनु भएको हो ।

कुनै बेलाको रामराज्यको प्रशंग जोड्दै सुबेदीले आदर्श अनुसार ब्यवहारत कार्यान्वयन गर्न आजको परिबेशमा चुनौती थपिएको बताउनु भएको छ । बालहितका सवालमा ब्यक्ति, परिवार, टोल, समाज समेत जिम्मेवार भएकाले कसैकसैमा देखिने गलत आचरण र ब्यवहारका कारण सोचे अनुसारको उपलब्धी हासिल हुन नसकेको सुबेदीले बताउनु भएको छ ।

वालहितका लागी वालकचहरी बिषय आज मंलवार जिल्ला सदरमुकाम मान्ममा आयोजित रेडियो वहस कार्यक्रममा वोल्दै सहभागी सरोकारवालाहरुले बालहितका सवाल एकै पक्षको पहलमा प्रभावकारी नहुने भएकाले सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम थाल्न पर्ने बताउनु भएको छ । सेभ द् चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटको सहयोग रेडियो नयाँ कर्नालीको सहजिकरण तथा जिल्ला बाल कल्याण समितिको आयोजना संचालित बालकचहरीमा प्रहरी प्रमुख डिएसपी योगेन्द्र कुमार खड्काले प्रहरी राज्यले निर्धारण गरेको कानुनको रक्षक भएकाले बालहितका हरेक सवालमा काम गर्न बफादार रहेको वताउनु भएको छ ।

यता बालबालिका राजनैतिक गतिविधिमा प्रयोग हुने गरको भन्ने सहभागिको प्रश्नमाथि जवाफ दिदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द वहादुर शाहीले बालबालिका कुनै संगठनमा समाहित हुनु कुनै अमानविय नहुने बरु संगठनका नाममा बालबालिकालाई गलत काममा प्रयोग गरिनु बालअधिकार हनन् हुने भएकाले विगतका बर्षहरुमा बालबालिकाहरु राजनैतिक गतिविधिमा प्रयोग गरिए पनि पछिल्लोचरण न्यूनिकरण हुदै गएको बताउनु भएको छ । एमाले जिल्ला अध्यक्ष नगेन्द्र शाही नेसनल, नेपाली काग्रेसका सहसचिव दमन वहादुर शाही, माओबादी केन्द्रका कृष्णा शाही, लगाएतले बालअभिकारका सवालमा राजनैतिकदलहरु सजक रहेको बताउनु भएको छ ।

यस्तै नेपाल वारएसोसिएसन कालिकोटका अध्यक्ष हिक्मत वहादुर बिष्टले बालहितका सवालमा भए गरेका कानुनी ब्यवस्थाबारे सम्पूर्ण सरोकारवाला पूर्ण जानकार हुन आवश्यक रहेको बताउनु भएको छ । जिल्ला वालकल्याण समितिका कार्यवहाक अध्यक्ष लालवहादुर मल्लको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यतामा संचालन भएको बाल कचहरीमा बालक्लव, गाउ बालकल्याण समिति, जिल्ला बालकल्याण समिति, नागरिक समाज लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ