१९ आश्विन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षा

१९ आश्विन २०८१, शनिबार १७:२९

काठमाडौं । विगत लामो समयदेखि आपतकालीन हवाई उद्धारलाई प्रभावकारी बनाउन अनसनरत दिपक सिलवालले अनसन अन्त्य गरेका छन् ।

शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरुबीच सहमति भएपछि सिलवालले अनसन तोडेका हुन् ।
ग्रामिण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको माग राखी २०८१ भदौ २१ गतेदेखि तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ का ४२ वर्षीय दीपक सिलवाल आमरण अनशनमा थिए ।

उक्त छलफलमा मानव सेवाको पवित्र प्रयासलाई उच्च सराहना सहित धन्यबाद व्यक्त गर्दै जारी आमरण अनसनलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराइएको छ ।

यसको साथै, सरकार गर्भवती तथा सुत्केरी महिलाहरु विपद् एवम् आकस्मिक घटनाहरुका कारण घाइने भई सधन उपचार आवश्यक भएका (तत्काल सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागी ज्यान जान सक्ने अवस्या रहेका) हरुको आपतकालीन हवाई उद्धार गर्नुपर्ने विषयमा संवेदनशील रहेको पनि जानकारी गराइएको छ ।

यसको साथै, छलफलमा हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट दुर्गम क्षेत्रका ज्यान जोखिममा परेको गर्भवती तवा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ बमोजिम गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार भइरहेको, गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय विपद व्यवस्थापन कोषमार्फत विपद् तथा आकस्मिक घटनामा परेकाहरुको बावश्यकता अनुसार हवाई उद्धार भइरहेको, प्रदेश सरकार तथा स्थानीय तहहरुबाट समेत आपतकालीन उद्धारको समन्वय भइरहेको समिक्षा गरिएको छ ।

त्यस्तै, संघीय राजधानी काठमाडौका अतिरिक्त पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वी क्षेत्रमा इटहरीमा देश नेपाली सेनाको हेलिकप्टर आपतकालीन उद्धारमा प्राथमिकताका साथ उपयोग गर्ने व्यवस्था मिलाइएको समेत समिक्षा गरियो ।

छलफलमा आपतकालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत साधन र प्रतिबद्ध संयन्त्रको व्यवस्था गरी थप प्रभावकारी बनाउने पनि विश्वास पनि दिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्नेमा’, अर्को सुनुवाइ मंगलबार वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री ! धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै कोशी ब्यारेजको जलसतह आधा घट्यो